गण्डकी सेरोफेरो

थासाङको बजेट २४ करोड ५३ लाख

मुस्ताङको थासाङ गाउपालिकाको ५ औ गाउसभा बैठकले आर्थिक वर्ष २०७६÷२०७७ को निती तथा कार्यक्रमसहित २४ करोड ५२ लाख ८२ हजारको अनुमानित बजेट पारित गरेको छ । गत असार १० गते देखि जारी गाउसभाको बैठकले आज १६ गते सोमबार नयाँ आर्थिक वर्षको सबै कार्यक्रमलाई अन्तिम रुप दिदै सार्वजनिक गरेको हो । पारित निति तथा कार्यक्रमसहित बजेटको गाउपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले ५ औं गाउसभामा वाचन गरकी थिईन् । उपाध्यक्ष शेरचनद्धारा प्रस्तुत गरिएको… पुरा पढौ

कहिले सकिन्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण ?

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ को काम सकिएको छ । अरु पूर्वाधार निर्माणको काम पनि द्रूतगतिमा भइरहेका छन् । द्रूतगतिमा काम भइरहेको आयोजनाको नामले पनि चिनिन्छ यो आयोजना । आयोजनाका वरिष्ठ इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलको ४० प्रतिशत काम सकिइसकेको छ । तोकिएको समयअघि नै निर्माणको काम सकेर जहाज उडानमा ल्याउने आयोजनाको लक्ष्य छ । त्यहीअनुसार काम पनि भइरहेको छ । कुनै अवरोध नआए निर्धारित मिति भन्दा ६… पुरा पढौ

एक सय ३४ कृषकलाई विभिन्न कृषि सामग्री वितरण

कास्की स्थित भलाम र मौजाका एक सय ३४ कृषकलाई विभिन्न कृषि सामग्री सहयोग गरिएको छ । पोखरा महानगरपालिका–२० स्थित कृषि उर्वर भूमि भलामलाई कृषि तथा मौजालाई पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कृषकहरुलाई रु १० लाख मूल्य बराबरका आधुनिक कृषि तथा पशुपालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो । कृषितर्पm ७७ कृषकलाई रु पाँच लाख र पशुपालनतर्पm ५७ कृषकलाई रु पाँच लाख मूल्य बराबरका अत्याधुनिक सामग्री बीउ पुँजीका… पुरा पढौ

बागलुङमा रोपाइँ महोत्सव

असार १५ गते अर्थात १६ औं राष्ट्रिय धान दिवस, बागलुङका कृषकहरुले पनि हिलो खेल्दै रमाइलोका साथ मनाएका छन् ।असार पन्ध्रका दिन एक पटक हिलो कुल्चनू भन्ने मान्यता पनि छ । यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । र्मिमिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङ नगरपालिका–८ ओखलढुंगामा रोपाइँ महोत्सवको आयोजना गरिएको थियो । उक्त अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर… पुरा पढौ

भूकम्पबाट विस्थापित दुई घरपरिवारलाई लालपुर्जा

स्याङजाको वालिङमा भूकम्पबाट विस्थापित भएका दुई घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको हो । जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताए । राष्ट्रिय… पुरा पढौ

दामोदरकुण्ड जाने बाटोमा साँधुको निधन

समून्द्री सतहदेखि करिब ५ हजार मिटर उचाईमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल दामोदरकुण्ड जाने क्रममा भारतीय साँधुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले साँधुको हाईअल्टिच्युडका कारण मृत्यु भएको उल्लेख गरेको छ । लोघेकर दामोदरकुड गाउपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधुको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार परिचयपत्रका आधारमा शव उत्तर प्रदेश भारत गोरखपुरका जयराम दास त्यागीको भएको खुलेको… पुरा पढौ

बागलुङमा निःशुल्क स्वास्थ्य शिविर हुने

बुद्धचित्त आयुर्वेदाको आयोजनामा बागलुङ निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । शिविर यहि असार १७ र १८ गते संचालन हुने आइतबार बागलुङमा पत्रकार भेटघाट गरि जानकारी गराइएको हो । शिविरमा पेट सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, छाल रोग, मानसिक रोग, नाक तथा घाँटी सम्बन्धी रोग, यौन समस्या सम्बन्धी रोग, महिला सम्बन्धी रोग लगायत विभिन्न रोगहरुको निःशुल्क चेक जाँच गरिने बुद्धचित्त आयुर्वेदाका संयोजक शिवराज तिमिल्सिनाले जानकारी दिए । शिविरमा… पुरा पढौ

गण्डकी प्रदेश प्रहरी प्रमुखको यस्तो छ प्रहरीलाई निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण गरेका छन् । प्रमुख घिमिरेले आज प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखा, मेष, व्यारेक लगायत सवारी साधनहरुको समेत निरीक्षण गरेका हुन् । निरीक्षण पश्चात कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले प्रहरी सेवा सदैव जनलक्षित हुने बताउदै प्रदेश भित्रका आम जनताले आफू सधै सुरक्षित भएको महसुस… पुरा पढौ

मुस्ताङमा करेन्ट लागेर रोल्पाका एक मजदुर घाइते

मुस्तामा करेन्ट लागेर रोल्पा घर भएका एक जना मजदुर घाइते भएका छन् । घरपझोङ गाउपालिका-३ स्थित स्याङ आमा समुहको नव-निर्मित भवनको ढलान खोल्ने क्रममा बिजुलीको तारमा छुँदा रोल्पाको सुनाखरी गाउपालिका-९ घर भएका लिलाम बुढा मगर घाईते भएका हुन् । करेण्ट लाग्ने वित्तिकै उनलाई जिल्ला अस्पताल जोमसोममा सामान्य उपचार पश्चात पोखरा ल्याईएको प्रहरीले जनाएको छ । पुरा पढौ

‘एक वडा, एक हेलिप्याड’ अन्तर्गत जिल्लामा ३३ हेलिप्याड निर्माण

हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ । भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मंसिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको भएको छ भने बाँकी १२ वटा वडामा पनि निर्माण प्रक्रिया शुरु भएको म्याग्दीका प्रमुख जिल्ला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं