ताजा समाचार

असार २० गते २०७६

मकै पोलेर जिबिकोपार्जन (फोटो कथा )

अहिले मकैको सिजन । सडक पेटी मा मकै पोलेर बेच्ने र पोलेका मकै मिठो मानेर खानेहरु धेरै हुन्छन् । चाहे पोलेर होस् वा उसिनेर मानिसहरु दुधालु मकै खान रुचाउँछन। शहरमा बश्ने र आँफै उब्जनी नगर्ने हरुलाई मकै झन रहर बनेको छ । पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै पोषणयुक्त हुन्छ ।

मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्व पाइन्छ । पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

बागलुङ बजारमा अहिले मकै पोलेर बेच्ने ब्यवसाय निकै फस्टाएको छ । हरियो मकै लाई पोलेर, उसीनेर, भुटेर वा अन्य धेरै किसिमले खाने गरिन्छ । बजारमा बश्ने हरु मकै खानको लागि गाउं जानु पर्ने , कहिले आफ्नो ईष्ट मित्र लाई भन्नु पर्ने हुन्छ । तर अहिले बागलुङका चोकहरुमा मकै खान पाईन्छ । मकै पोलेर बेच्नेहरु र किनेर खानेहरु पनी निकै बढेका छन । बागलुङका प्राय चोकहरुमा मकै खानेहरुको भिड देखिने गरेको छ ।

मकै पोलेरै जिबिकोपार्जन गर्ने मध्य म्याग्दि जिल्ला रुमकी देवी पुन र पर्वत जिल्ला नाङलिवाङ ओडारेकी अनिता थापा विगत ३ वर्ष देखि बागलुङ बजारको पुराने सिनेमारोडको चोकमा मकै पोलिरहेका छन । उनीहरु त एउटा प्रतिनिधि पात्र हुन ।

उनीहरु म्याग्दिको रत्नेचौर, पर्वतको अर्मादी,बागलुङ नगरपालिकाको कुंडले, भान्सा, तिनतले, पाखाथर आदी ठाउंहरुमा मकै खोजी खरिद गरी पोलेर बिक्री गर्ने गरेको बताउछन ।

उनिहरु वर्षको दुई महिना मात्र यो ब्यवासाय गर्ने गरेको र बांकी महिना अन्य काम गर्ने गरेको बताउछन । यस ब्यवसाय बाट सधैं फाईदा छैन तर सिजनमा बिहान बेलुकी छाक टार्नको लागि राम्रै हुन्छ पुनको भनाइ छ । प्रति घोवा २५-३० का दर ले बेच्दै आएका छौं गर्मीमा आगोमा बश्न गाह्रो छ फाईदा छैन दुःख धेरै छ । कसैले त त्यसै पनी खाएर जान्छ , कसैले घटाई दिनु भन्छन कहिले काहि त यो ब्यवसाय अव नगर्ने होकी जजस्तो पनी लाग्छ तर के गर्ने ठुलो पसल गर्न ठुलै लागनी लाग्ने थापा ले पशिना पुच्दै दुखेशो गरिन।

फोटो कथा

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...