पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च ९वोटेफ० को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन फर्केको हो ।
चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च ९वोटेफ०का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेछ भन्ने बुझेको बताईन् ।
त्यसैगरि मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताईन् । तर भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको गुनासो गरिन् । “हामीलाई नेपाल विमानस्थलमै मनोबल गिराउने गरी प्रश्न सोधियो र धेरै बेर रोकियो ।” ‘श्रीमानलाई सोधेर आएको हो ?’, ‘महिला महिला मात्रै कसरी जानुहुन्छ ?’ जस्ता कुराले नमज्जा लागेको बताईन् ।
उक्त टोलीले बेइजिङको टप भ्यूज होलिडेज प्रा।लिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाई, गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको गरेहेको हो ।






