सांसद राजीव गुरुङ अर्फ दीपक मनाङे नेकपामा प्रबेश गर्ने भएका छन् ।
मनाख (ख) बाट गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद बनेका मनाङे बिहिबार नेकपामा प्रबेश गर्न लागेका हुन् ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रबेश गराउँने तयारी भएको केन्द्रिय सदस्य भीम कार्कीले जानकारी दिए । यता सांसद मनाङेले पनि आफु नेकपामा प्रबेश गर्न लागेको स्वीकार गरेका छन् ।
प्रहरीले उनलाई बैशाख ७ मा प्रक्राउ ग¥यो । प्रक्राउ परेका उनी नेपालको नयाँ फौजदारी संहिता अनुसार १० बर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर पनि मुद्धा लड्न पाउँने व्यवस्थाको कारण उनी गत पुष ६ मा जेलबाट रिहा भएका थिए ।
रिहा भएपछि पनि उनको सपथ ग्रहण अन्यौलमा थियो तर उनले वि.स २०७५ माघ १४ गते सांसद पदको सपथ ग्रहण गरेका थिए । उनी प्रदेशको अर्थ तथा बिकास समितिको सदस्यसमेत रहेका छन् । उनी प्रदेशको अर्थ तथा बिकास समितिको सदस्यसमेत रहेका छन् ।






