खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर वासी अख्तर मोहम्मद घूससहित पक्राउ परेका छन् ।

खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग कमिशन माग्ने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले ४ लाख रुपैयाँ घूस लिँदै गर्दा रंगे हात पक्राउ गरेको हो ।

उनलाई पुतलीबजार वडा नं।१ स्थित इग्लिस वोर्डिङ स्कुल नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।