तिलिचो दुरी छोटिदै , नमखुलेकसम्म सडक पुर्याईने


विश्वकै अग्लो उचाईमा अवस्थित तिलिचो तालको दुरी अब छोटिने भएको छ । जोमसोम देखि ठिनी हुँदै तिलिचो सडक बिस्तार गरिन थालेपछि यस्को दुरी छोटिन लागेको हो ।

मुस्ताङतर्फको तिलिचो ताल जाने बाटो नमुखलेक सम्म सडकको पहुच पू¥याउन गण्डकी प्रदेशले बजेट बिनियोजन गरेको हो । पूर्वाधार बिकास कार्यालय म्याग्दीले चालु आर्थिक बर्ष २०७५ ÷ २०७६ मा ५० लाख बजेट बिनियोजन गरेकोमा पूनः आ.व. २०७६÷२०७७ मा ६५ लाख बजेट बिनियोजन गरेको पूर्वाधार बिकास कार्यालय म्याग्दीका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । यसअघि ठिनी देखि नमुखलेक जाने २ किलोमिटर सडक बिस्तार भईसकेकोमा त्यसको स्तरबृद्धि गर्ने काम लगायत थप ४ किलोमिटर नया ट््याक खोल्ने काम भएको ढुङ्गानाले बताए ।


गण्डकी प्रदेश सरकारले जोमसोमबाट तिलिचो दुरी छोट््याउन सडक बिस्तार थालेको जनाएको छ । जोमसोम देखि ठिनी हुदै करिव १५ किलोमिटर पश्चिममा पर्ने नमुखलेक सडक पू¥याउने लक्ष्य रहेको ढुङ्गानाले जानकारी दिए । यसका लागि घरपझोङ गाउपालिका ५ को ठिनी उपभोक्ता समितिले ४ किलोमिटर सडक ट््याक खोल्ने र साविकको सडकलाई मोड ग्रेड कटिङ र सडक चौडा गर्ने काम सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष सबी थकालीले जानकारी दिए । उनले सम्झौता अनुसार सय घनमिटर ग्याबिन लगाउने काम समेत पूरा गरेको बताए ।


बिस्तारित सडकको बुधबार संघीय सांसद प्रेमप्रसाद तुलाचन , गण्डकी प्रदेश सासद महेन्द्रबहादुर थकाली , पूर्व सांसद श्रीमाया थकाली लगायत घरपझोङ गाउपालिकाका जनप्रतिनिनधिले अवलोकन गरे । सांसद तुलाचनले तिलिचो सडक बिस्तारले पर्यटकको मुस्ताङ बसाई लम्बिने दावी गरे । उनले जोमसोमबाट देखिने निलगिरी ऐनाको अवलोकन गर्न आधार शिविरकै खर्कमा पुगेर रमाउन सक्ने उल्लेख गरे ।

गण्डकी प्रदेश सरकारले तिलिचो गन्तब्यलाई सहज बनाउन नमखु सम्म सडक र नमखु देखि मेसोकोन्तापास सम्म केवलकार पू¥याउने उद्देश्य रहेको जानकारी दिए ।
तस्विर क्याप्सन ः
मुस्ताङको ठिनी हुँदै तिलिचो ताल जाने सडक ट््याकका केही दृष्यहरु ।