बुद्धचित्त आयुर्वेदाको आयोजनामा बागलुङ निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
शिविर यहि असार १७ र १८ गते संचालन हुने आइतबार बागलुङमा पत्रकार भेटघाट गरि जानकारी गराइएको हो ।
शिविरमा पेट सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग, छाल रोग, मानसिक रोग, नाक तथा घाँटी सम्बन्धी रोग, यौन समस्या सम्बन्धी रोग, महिला सम्बन्धी रोग लगायत विभिन्न रोगहरुको निःशुल्क चेक जाँच गरिने बुद्धचित्त आयुर्वेदाका संयोजक शिवराज तिमिल्सिनाले जानकारी दिए ।
शिविरमा विभिन्न रोगहरुको निःशुल्क चेकजाँच गराइने छ भने अधौषधी भने ५ प्रतिशत छुटमा वितरण गरिने बताइएको छ । शिविरमा आएका बिरामीहरुको विषेयज्ञ डाक्टरहरुले चेकजाँच गरिने बताइएको छ ।
बुद्धचित्त आयुर्वेदाले बागलुङका आफ्नो सेवा सुभारम्भको अवसर पारेर शिविरको आयोजना गरेको संयोजक तिमिल्सिनाले जानकारी दिए ।
कृपया यो भिडियो मनपरे लाईक गरिदिनु होला ।




