कास्की स्थित भलाम र मौजाका एक सय ३४ कृषकलाई विभिन्न कृषि सामग्री सहयोग गरिएको छ ।

पोखरा महानगरपालिका–२० स्थित कृषि उर्वर भूमि भलामलाई कृषि तथा मौजालाई पशुपालनको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यका साथ कृषकहरुलाई रु १० लाख मूल्य बराबरका आधुनिक कृषि तथा पशुपालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।
कृषितर्पm ७७ कृषकलाई रु पाँच लाख र पशुपालनतर्पm ५७ कृषकलाई रु पाँच लाख मूल्य बराबरका अत्याधुनिक सामग्री बीउ पुँजीका रूपमा उन्नत जातको राँगो, बोका र कुखुराका चल्ला वितरण गरिएको वडाअध्यक्ष सिम गुरुङले जानकारी दिए ।
उनका अनुसार किसानलाई आधुनिक प्रविधिबाट खेती गरी कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यका साथ २५ कृषकलाई हाते ट्र्याक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामाग्री वितरण गरिएको छ ।
त्यसैगरि बाख्रापालनको नमूना पकेट क्षेत्रको रूपमा परिचित मौजा गाउँका ४३ विपन्न परिवारलाई बीउ पूँजीका रूपमा १५। १५ वटा गिरिराज जातका कुखुराका चल्ला वितरण गरिएको बताउँदै उनले एक जनालाई कुखुरा फर्म सुदृढीकरण, दुई किसानलाई उन्नत जातको बोका खरिदका लागि अनुदान प्रदान गरिएको बताए ।
उक्त अनुदानअन्तर्गत तीन पशुपालक किसानलाई चापकटर९घाँस टुक्र्याउने० मेसिन, तीन जनालाई गोठ सुधार र दुई कृषकलाई खोर सुधार एवम् प्रजनन्का लागि उन्नत जातको राँगो खरिद गर्न अनुदान प्रदान गरिएको छ । विगत वर्षमा प्रदान गरिएको अनुदान रकम वास्तविक किसानसमक्ष नपुगेको गुनासोका आधारमा यस पटक लक्षित वर्गसम्म पुर्याउने लक्ष्यका साथ वडास्तरमा विभिन्न विषयका छनोट समिति निर्माण गरिको उनको भनाइ छ ।




