बागलुङमा रोपाइँ महोत्सव

असार १५ गते अर्थात १६ औं राष्ट्रिय धान दिवस, बागलुङका कृषकहरुले पनि हिलो खेल्दै रमाइलोका साथ मनाएका छन् ।असार पन्ध्रका दिन एक पटक हिलो कुल्चनू भन्ने मान्यता पनि छ । यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । र्मिमिरे कृषि सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङ नगरपालिका–८ ओखलढुंगामा रोपाइँ महोत्सवको आयोजना गरिएको थियो ।

उक्त अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, भेटनेरी तथा पशु अस्पताल बागलुङका प्रमुख नारायणप्रसाद शर्मा, उद्योग बाणिज्य संघका पदाधिकारी तथा कृषकहरुले संयुक्त रुपमा रोपाइँ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले कृषि पेशालाई व्यवसायिक रुपमा बदल्नुपर्ने बताय । क्षेत्रीले कृषिको प्ररम्परागत प्रणालीलाई हटाएर आधुनिकीकरण तर्फ लग्ने र कृषकहरुलाई हौसला प्रदान गर्दै देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउनको लागि सहयोग पु¥याउने सरकारले उद्देश्य लिएको बताय ।

कार्यक्रममा भेटनेरी तथा पशु अस्पताल बागलुङका प्रमुख नारायणप्रसाद शर्मा, नेपाल उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका तिलक थापा लगायतले बोलेका थिय ।
र्मिमिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सामाजिक परिचालिका शुसिला पन्त र संचालन सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले गरेका थिय ।