गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण गरेका छन् ।
प्रमुख घिमिरेले आज प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखा, मेष, व्यारेक लगायत सवारी साधनहरुको समेत निरीक्षण गरेका हुन् ।
निरीक्षण पश्चात कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले प्रहरी सेवा सदैव जनलक्षित हुने बताउदै प्रदेश भित्रका आम जनताले आफू सधै सुरक्षित भएको महसुस हुने गरि सेवा प्रदान गर्न निर्देशन दिए । साथै मानवअधिकारको संरक्षण गर्न प्रहरीको प्रमुख दायित्व भन्दै समुदाय प्रहरी साझेदारी अभियानमा जनचेतना फैलाउन समेत प्रहरीले सक्रियता बढाउनु पर्ने बताए ।
सोही क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले समग्र प्रदेश अन्तर्गतको भौगोलिक तथा राजनैतिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि, समुदाय प्रहरी साझेदारी अन्तर्गत भएका गतिविधीहरुका विषयमा प्रमुख घिमिरेसमक्ष प्रस्तुत गरेका गडकी प्रदेश प्रहरी कार्यलय कास्कीे जनाएको छ ।





