कृषि प्रधान देशको उपमा पाएको नेपाल । मानो खाएर मुरी उब्जाउने ब्यस्त महिना असार ,त्यस माथि असारे पन्ध्रको रोपाई पर्वको सुभ दिन । तराई र पहाडमा रोपाईको चटारो छ ।त्यहाका किसानले घाम–पानीको कुनै परवाह नगरी मुरी फलाउन जुटेका छन्।
बर्सेनि मनाईने असारे पन्ध्रलाई सरकारले कृषि उत्सवका रुपमा लिएको छ । बैदेशिक यूवा समूह पलायनले पछिल्लो समय चिन्ताको बिषय बनेको कृषिक्षेत्रलाई प्रर्वद्धन गर्न त्यस अनुसारका कार्यक्रम पनि भईरहेको छ । कृषिलाई पर्यटन संग जोड्न पर्यटन व्यवसायी तथा बिभिन्न संघसंस्थाको सक्रियताले समेत सक्रियता देखाएको पाईएको छ । धान उत्सवमय पर्व धान फल्ने सबै जिल्लामा यो पर्व धुमधामले मनाईने गरिन्छ । देशका बिभिन्न पर्यटकीय सहर तथा गाउघरमा आईतबार असार पन्ध्र बिशेष रुपमा मनाईएको छ । यस्ता पर्वमा बिदेशी पर्यटकको सहभागिताले नेपाली कृषकलाई थप उर्जा प्रदान गरेको छ ।
तराई र पहाडतिरका जिल्लामा धान दिवस तथा असारे पर्व उत्साहका साथ मनाईरहदा हिमालको जिल्ला मुस्ताङलाई भने असार पन्ध्रले छोएन । बेशीमा धान रोपाई चलिरहदो मुस्ताङका किसानलाई भने उवा थन्क्याउन भ्याई नभ्याई छ ।
धान नफल्ने मुस्ताङमा बिगत केही वर्ष यतादेखि एक फरक प्रकारले यहाका निजामति कर्मचारीले असार पन्ध्र बिशेषले दही चिउरा खाने कार्यक्रम राखेर कृषिक्षेत्रको सम्मान गर्दै आईरहेका छन् । यस वर्षपनि मुस्ताङका कर्मचारीले असार पन्ध्रलाई दही चिउरा खाएर निरन्तरता दिए । आईतबार असार पन्ध्रको अवसर पारेर कर्मचारी मिलनकेन्द्र मुस्ताङले दही चिउरा खाने कार्यक्रमको अवसर जुटायो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको हातामा भएको असार पन्ध्र बिशेषमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित बिभिन्न कार्यायलका कर्मचारी , नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरी लगायतले आपसमा आत्मियता साटासाट गरे । हिलोमा धान रोप्न नपाएपनि कर्मचारी मिलनकेन्द्रको कार्यक्रमले समग्र कृषि क्षेत्र र कृषि प्रधान देशको सम्मान गरेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले प्रतिक्रिया व्यक्त गरे । उनले यस्ता पर्वहरुको देशका जुनसुकै कुनाबाट पनि सम्मान हुनुपर्ने उनको भनाई थियो ।
खचाखच आईतबार प्रहरीको हातामा दही चिउरा खाने भीड थियो । असार पन्ध्रमा दही चिउरा खाने चलन पुस्तौदेखिको हो । ऐतिहासिक ,धार्मिक र सांस्कृतिक रहनसहन त्यसमाथी दही चिउराले मानव स्वास्थ्यमा पु¥याउने फाईदाका बारेमा कर्मचारीले त्यहा व्यक्त गरे । पछिल्लो समय खेतियोग्य जमिनको क्षेत्र साघुरिदै गएको , कृषि प्रधान देश भनिएपनि बिदेशी खाद्य बस्तुको परनिर्भरता चिन्ताको बिषय बनेको कर्मचारीहरुले बताए । कृषिक्षेत्रमा आत्मनिर्भरता र बैदेशिक यूवा पलायन रोक्नुपर्ने र सरकारले कृषिक्षेत्रलाई सम्मान र सह्ुलितको अवसर दिलाउनु पर्ने कार्यक्रममा उल्लेख गरिएको थियो ।





