ताजा समाचार

असार ६ गते २०७६

पिजी अध्यापनका लागि पोखराले पायो ६ वटा विषयका लागि १७ सिट

नेपाल मेडिकल काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि ६ वटा विषयका लागि १७ सिट दिएको छ।

काउन्सिलको शुक्रबार बसेको बैठकले प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो। काउन्सिल स्रोतका अनुसार पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको छ।

पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ।

त्यसैगरि उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि एमडिजीपीका लागि ३ सिट पाएको छ। कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) कार्यक्रम चलाउन सिट पाएको हो ।