ताजा समाचार

असार ७ गते २०७६

मिस एसइई क्वीन विजेताहरू सम्मानित, विजेतालाई न्यू ग्यालेक्सीमा पूर्ण छात्रवृत्ति

पोखरामा हालै सम्पन्न मिस एसइई क्वीन सिजन ५ का विजेताहरूलाई शुक्रबार पोखरामा सम्मान गरिएको छ । लुक्स फेशन होम एण्ड इभेन्ट म्यानेजमेन्टले एसइई क्वीन प्रतियोगिता आयोजना गरेको थियो ।

सम्मानित हुनेहरूमा मिस एसइई क्वीन सिजन ५ का विजेता विमिका उदास, फष्ट रनरअप विनिता जिसी, सेकेण्ड रनरअप सिम्रन गुरुङ, मिस फोटो जेनिक प्रोशिना आचार्य र वेष्ट स्माइल रीता अधिकारी रहेका छन् ।

उनीहरूलाई सम्मान गर्दै पोखराको न्यू ग्यालेक्सी माविका प्राचार्य डा. रामजी शर्माले मिस एसइई क्वीन सिजन ५ का विजेता विद्यार्थीमाथि आगामी दिन निकै चुनौतिपूर्ण रहेको बताए । उनले विजेताहरू अब आफूमात्र अघि बढ्न नमिल्ने भन्दै पोखराको गरिमा र प्रतिष्ठा उँचो बनाउन लाग्नुपर्ने खाँचो औंल्याए ।

उनले मिस एसइई क्वीन सिजन ५ का विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपलाई विशेष छात्रवृत्तिमा न्यू ग्यालेक्सीले कक्षा १२ को अध्यापन गराउने प्रतिवद्धता जनाए ।

डा. रामजी शर्माका अनुसार विजेता विमिकाले शतप्रतिशत फष्ट रनरअप विनिताले ७५ प्रतिशत र सेकेण्ड रनरअप मिम्रनले ५० प्रतिशत, थर्ड रनरअपले ३५ प्रतिशत र अन्य सबै सहभागीले २५ प्रतिशत छात्रवृत्तिमा कक्षा १२ सम्मको अध्ययन न्यू ग्यालेक्सीमा गर्न पाउनेछन् ।

लुक्स फेशन होम एण्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष रवीन्द्र बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा न्यू ग्यालेक्सीका सहप्राचार्य राजु कायस्थ, प्रवन्ध निर्देशक राजेश भण्डारी लगायतले बोलेका थिए भने लुक्स फेशन होम एण्ड इभेन्ट म्यानेजमेन्टका बाबुराम सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।