नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर,पोखराको अध्यक्षमा एटलान्तिक चौधरी चयन भएका छन् ।
शुक्रबार नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कलेजको प्रथम अधिबेशनले नयाँ कमिटी बनाउदै उनलाई अध्यक्षमा चयन गरेको हो ।
अधिबेशनले समितीको उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा मुना श्रेष्ठ,सह सचीवमा विवेक श्रेष्ठ, कोषध्यक्षमा मनिसा चौधरी चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा बिकास गुरुङ, सुदिप चौधरी, सौगात श्रेष्ठ, ममता सिन्जाली, नितेश तामाङ,प्रतीक्षा श्रेष्ठ, ज्ञानु मगर, सुदित श्रेष्ठ, रेखा श्रेष्ठ,काजोल मगर,बबिता आले,प्रजोल श्रेष्ठ, सागर मानन्धर चयन भएका छन् ।
कार्यक्रममा नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ कृषि तथा वन बिज्ञान विश्वबिधालय अध्यक्ष भिमसेन श्रेष्ठ, महासंघ कास्की जिल्ला उपाध्यक्ष दिनेश रोकामगर,जिल्ला सचीव प्रेम बुढामगर, महासंघ पृथ्वीनारायण क्याम्पस अध्यक्ष अनिल पुनमगरको उपस्थिती रहेको थियो ।




