तनहूँमा गाडी दुर्घटना, ८ जना घाइते (घाइतेको नामावलीसहित)

तनहुँको म्याग्दे गाउँपालिका–४, छबिस स्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको छ ।

बा२ख १८९१ नम्बरको हाईस गाडी अनियन्त्रित भई सडकबाट करिब १२ फिट तल खसेको बताइन्छ । दुर्घटनामा गाडीमा सवार ८ जना घाईते भएका छन् ।

उनीहरूको दमौली अस्पतालमा उपचार भइरहेएको छ ।

उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ । दुर्घटनामा परी कास्कीको अन्नपूर्ण गाउँपालिका ९ बस्ने वर्ष ३३ की सम्झना पुन मगर, पोखरा महानगरपालिका ९ बस्ने बर्ष २९ का नविन भुजेल, पोखरा महानगरपालिका २४ बस्ने वर्ष २३ का सुशान सुबेदी, तनहुँ देबघाट गाउँपालिका २ बस्ने वर्ष ४० का विजय थापा, सोही ठाउँ बस्ने वर्ष ४६ क छबिलाल थापा, नवलपरासी बुलिङटार गाउँपालिका ५ बस्ने बर्ष २६ का कृष्ण बहादुर राना, सोही ठाउँ बस्ने वर्ष ५९ क हर्क बहादुर थापा र भारत घर भएका वर्ष ३६ को जितेन्द्र पाण्डे घाइते भएका छन् ।