टिपरले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा आइतबार एक जनाको मृत्यु भएको छ।
भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिदा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाको २१ वर्षीय कमल विकको मृत्यु भएको हो ।
दुर्घटनामा ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।




