गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ पुरीलाई विदाई

गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरिलाईलाई एक कार्यक्रमका विच विदाई गरिएको छ ।

ईलाका प्रहरी कार्यालय सिमरा बारा सरुवा भई जान लागेका प्रनाउ पुरीलाई गण्डकी प्रदेश प्रहरी कार्यलयले विदाई गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रनाउ पुरीलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै अन्य प्रहरी अधिकृतहरुले समेत उनलाई शुभकामना ब्यक्त गरेका थिए ।

उक्त विदाई कार्यक्रममा प्रनाउ पुरिले व्यावसायीक प्रहरी सेवा प्रवाहनै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आगामी दिनमा नागरीकसंग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई पोखरा बसाईले थप दक्ष बनाएको बताएका थिए ।

२०७४ भाद्र ९ गते महानगरीय प्रहरी बृत्त महाराजगंज काठमान्डौबाट सरुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आएका उनि ईलाका प्रहरी कार्यालय डाँडाकोनाक कास्कीको ईन्चार्ज समहालेका थिए । त्यसैगरि गत असार १८ गते देखी पुन: गन्डकी प्रदेश प्रहरी कार्यालयमा प्रदेश प्रहरी कार्यालयको सुचना अधिकारीका रुपमा कार्यरत थिए ।