गण्डकी सेरोफेरो

अलैँचीले बजार पाएन , किसान चिन्तित

बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीको समेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको हुन् । दमेकका कृषक बलिभद्र सापकोटाले अलैँचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैँचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैँचीको दानालाई प्रतिकेजी रु ८०० मा बेच्न बाध्य… पुरा पढौ

सगरमाथामा पाईला टेक्ने पहिलो एचआइभी संक्रमित श्रेष्ठलाई महानगरको सम्मान

सगरमाथामा पहिलो एचआइभी संक्रमित आरोहीका रुपमा आफुलाई स्थापित गराएका पोखराका गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । बिहीबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रम गरी उनलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरेका हुन् । सम्मानपछि श्रेष्ठले सगरमाथाको चुचुरामा पोखरा महागनर लेखेको ब्यानर सगरमाथामा फर्फराएर फर्किदा विश्व जितेको भन्दै खुसि साटे । उनले आफू आरोहणको क्रममा रहँदा समस्या पर्दा रेस्क्यु गर्ने टान पश्चिमाञ्चल र त्यस च्याप्टरका अध्यक्ष हरि भुजेललाई पनि… पुरा पढौ

भूकम्प पीडित लाभग्राहीविच सार्वजनिक सुनुवाई तथा अन्तर्क्रिया

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीको आयोजनामा भुकम्प पिडित लाभग्राही विच पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। भुकम्प पिडितहरुले राखेको गुनासा तथा समस्याका विषयमा समाधान गर्नको लागी उक्त कार्यक्रम गरिएको हो । अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ को भूकम्प पीडित लाभग्राहीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा लाभग्राहीले राखेका गुनासा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, जिल्ला आयोजना प्रमुख नवराज शर्मा र ईन्जिनियर लक्ष्मण जिसी… पुरा पढौ

चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा

अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेकोले उक्त स्थानमा समयमा ब्यवसायी पुग्न नसकेकोले सोचे जस्तो पर्यटक आगमनको नभएको हो । बाक्लो हिमपातका कारण लमजुङबेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । तर यस्तो परिस्थितिमा पनि गत वर्षको तुलनामा पर्यटकको आगमनमा कुनै गिरावट नआएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए । उनका… पुरा पढौ

धार्मिक क्षेत्र मूक्तिनाथ पाखोमा बृक्षारोपण

अन्तराष्ट्रिय विश्व वातावरण दिवसको अवसर पारेर मुस्ताङको मुक्तिक्षेत्र आसपास बृक्षारोपण गरिएको छ ।धार्मिक क्षेत्रको वातावरणलाई स्वच्छ,हराभरा तथा प्राकृतिक सौन्दर्यकरण गर्ने उद्देश्यले जिल्लाका बिभिन्न सरोकारवालाले बुधवार बृक्षारोपण गरे। जिल्ला यूवा समिति र जनप्रिय यूवाक्लव रानीपौवाको संयूक्त आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप र डिभिजन बन कार्यालय मुस्ताङको सहआयोजनामा मुक्तिक्षेत्रको रानीपौवा स्थित साङ्तोक पाखोमा एक हजार थान बिरुवा रोपिएको जिल्ला यूवा समिति मुस्ताङका संयोजक सम्राट गौचनले जानकारी दिए । जिल्ला यूवा समितिको… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड:छुट्टाछुट्टै विद्याको अवार्ड दावेदारीमा बागलुङका दुई खेलाडी,एक प्रशिक्षक

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ को तिन छुट्टाछुट्टै विद्यामा बागलुङका दुई महिला खेलाडी तथा एक जना प्रशिक्षक अवार्डको दावेदारीमा छन् । 'समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ जेठ २४ गते पोखरामा हुने उक्त अवार्डको बर्ष खेलाडी महिला अवार्डतर्फ श्रेया केसी (सुटिङ )र बर्ष उदयमान नवखेलाडी विद्यामा सुष्मिता थापामगर (आईटिएफ तेक्वान्दो ) र उत्कृष्ट प्रशिक्षकमा भिमसेन शाक्य (ह्याण्डबल)मनोनयनमा परेकाले अवार्डको दावेदारीमा रहेका हुन्… पुरा पढौ

अस्पतालमा शिशु उपचार कक्ष सञ्चालनमा

बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालन गरिएको छ । अस्पतालमा नवजात शिशुलाई अरु बच्चासँगै राखेर उपचार गर्दा सङ्क्रमणको जोखिम हुने भएकाले दुई श्यया क्षमताको छुट्टै कक्ष सञ्चालनमा ल्याएको हो । यो कक्षमा २८ दिनसम्मका शिशुलाई राखेर उपचार गर्न सकिने सुविधा रहेको समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अक्सिजन, न्यानोका लागि हिटरलगायतका उपकरणको समेत व्यवस्था गरिएको छ । शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ… पुरा पढौ

घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण भएपछि पदयात्रीलाई सहज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिनुभयो । साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण… पुरा पढौ

जोमसोम देखि भ्यू टावर जाने सिधा मार्ग बन्ने

करिव ४ वर्ष अघि बनेको जोमसोम भ्यू टावर जाने रेलिङसहितको पर्यटन मार्ग बन्ने भएको छ ।मार्ग जोमसोम देखि भ्यूटावर सिधै लगिने छ ।बाटोको घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले शिलन्यास गरेकी हुन् । बहुवर्षिय योजनाको रुपमा बिस्तार गरिने उक्त रेलिङ पर्यटन मार्गका लागि चालु वर्ष ७० लाखा बजेट बिनयोजन भएको हो ।गण्डकी प्रदेश अन्तर्गत भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको ५५ लाख र स्थानीय तहको १५ लाखगरी ७० लाख बजेटले पहिलो चरणमा… पुरा पढौ

पोखरामा पनि इद उलफित्र पर्व,मुख्यमन्त्रीद्धारा शुभकामना ब्यक्त

पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् । पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाहमा स्थानीय मुसलमानले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं