सगरमाथामा पाईला टेक्ने पहिलो एचआइभी संक्रमित श्रेष्ठलाई महानगरको सम्मान

सगरमाथामा पहिलो एचआइभी संक्रमित आरोहीका रुपमा आफुलाई स्थापित गराएका पोखराका गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ ।

बिहीबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रम गरी उनलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरेका हुन् ।

सम्मानपछि श्रेष्ठले सगरमाथाको चुचुरामा पोखरा महागनर लेखेको ब्यानर सगरमाथामा फर्फराएर फर्किदा विश्व जितेको भन्दै खुसि साटे । उनले आफू आरोहणको क्रममा रहँदा समस्या पर्दा रेस्क्यु गर्ने टान पश्चिमाञ्चल र त्यस च्याप्टरका अध्यक्ष हरि भुजेललाई पनि धन्यावाद ज्ञापन गरे।

पोखरा महानगरका प्रमुख जीसीले पोखरा र नेपालको नाम उँचो बनाएकोमा गोपाललाई सम्मान गरेको बताए। उनले आगामी दिनमा पनि पोखरा महागनरपालिका सँगै रहेको बाचा गरे।

एचआईभि संक्रमित श्रेष्ठले भने आफू एचआइभी संक्रमित भएपछिको जीवनलाई नै थप सार्थक बनाउन लागि परेका छन्। फुलबलको पूर्वराष्ट्रिय ए डिभिजन खेलाडीसमेत रहेका उनले हालै एचआइभी संक्रमितमध्ये सगरमाथाको सफल आरोहण गर्ने विश्वकै एक मात्र आरोही बनेर थप प्ररणको पात्र बनेका छन्।