जोमसोम देखि भ्यू टावर जाने सिधा मार्ग बन्ने

करिव ४ वर्ष अघि बनेको जोमसोम भ्यू टावर जाने रेलिङसहितको पर्यटन मार्ग बन्ने भएको छ ।मार्ग जोमसोम देखि भ्यूटावर सिधै लगिने छ ।बाटोको घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले शिलन्यास गरेकी हुन् ।


बहुवर्षिय योजनाको रुपमा बिस्तार गरिने उक्त रेलिङ पर्यटन मार्गका लागि चालु वर्ष ७० लाखा बजेट बिनयोजन भएको हो ।गण्डकी प्रदेश अन्तर्गत भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको ५५ लाख र स्थानीय तहको १५ लाखगरी ७० लाख बजेटले पहिलो चरणमा चौडाई २ मिटर रहनेगरी करिव ३ सय मिटर लामो पर्यटन पदमार्ग निर्माण गरिने गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले जानकारी दिईन् ।


पूर्वमा निलगिरी हिमाल र पश्चिममा धौलागिरी हिमालबीचको जोमसोम माथिको अग्लो उचाईमा अवस्थित भ्यू टावरको लम्बाई करिव २ दशमलब ७५० किलोमिटर छ ।जोमसोम भ्यू टावर निर्माण उपभोक्ता समितिले रेलिङ पर्यटन पदमार्गको जिम्मा लिएको हो ।भ्यू टावर रेलिङ पदमार्गको शिलन्यास अघि जोमसोम गुम्बाका ठिले लामाले धार्मिक बिधि अनुसार पुजापाठ गरेका थिए ।पर्यटन मार्गको शिलन्यास गर्दै गाउपालिकी उपाध्यक्ष शर्मिला गुरुङले पर्यटन मार्ग बिस्तारपछि आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तब्य बन्ने दावी गरिन् ।उनले पर्यटन मार्गलाई आवश्यक श्रोत जुटाएर भ्यू टावर सम्मको मार्ग सम्पन्न गर्ने बताईन् ।


जोमसोम भ्यू टावर पुग्ने गन्तब्य असहज भएकाले खासै पर्यटक पुग्न सकेका थिएनन् ।घरपझोङ ५ ठिनी हुदै भ्यू टावर जाने करिव १ किलोमिटर कच्चि सडक सडक बिस्तार भएपनि त्यसमाथिको सडक बिस्तार भएको छैन् ।ठिनीका स्थानीयले जेनतेन मोटर साईकल लैजान सक्ने बाटो बनाएपनि पर्यटक गुलजार समयमा पनि भ्यू टावरले खासै पर्यटक तान्न सकेन ।


समून्द्री सतहदेखि करिव ३७सय५० मिटरको उचाईमा रहेको जोमसोम भ्यू टावर अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले ९ लाख बजेटमा संरक्षणक्षेत्र व्यवस्थापन समितिले निर्माण गरेको हो ।भ्यू टावरबाट मुस्ताङका अधिकाँश भूगोल देख्न सकिन्छ ।टावरबाट नियाल्दा उत्तरी कोरलानाका देखि तलका भूभाग देखिन्छ भने तल्लोक्षेत्रका गाउहरु जोमसोम,मार्फा,टुकुच,ेठिनी,सम्ले,स्याङ,फाईप स्टार होटल र ढुम्बाताल स्पष्ट देखिन्छ ।यस्तै,भ्यू टावरबाट पूर्वको निलगिरी हिमाल,पश्चिमको धौलागिरी हिमाल,मानापाथी हिमाल,याक धावा,तिलिचो पिक,मेसोकोन्दो डाडो र मनाङ र मुस्ताङको सिमाना थोरङ्लापास देखिन्छ ।


पर्यटन मार्गको असुविधा र यातायातको पर्याप्त पहुच बिस्तार नहुनाले मुस्ताङ आएका पर्यटक भ्यू टावर पुग्न नसकेको स्थानीय भिषण थकालीले बताए ।उनले पर्यटन मार्ग बिस्तारपछि पर्यटक लोभ्याउन भ्यू टावरको व्यापक प्रचार–प्रसार गर्नुपर्ने उल्लेख गरे ।