मुस्ताङमा करेन्ट लागी १ घाइते, उपचारका लागि पोखरा ल्याइयो

मुस्ताङको जोमसोम–कोरला सडकखण्डमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङको कालो भिरमा करेन्ट लागी घाइते भएका १ जनालाई पोखरा ल्याइएको छ ।

अमित बिल्डर्स कम्पनीको स्काइभेक्टरका सहचालक थासाङ गाउँपालिका ३ लेते घर भएका अन्दाजी २०÷२२ वर्षका सनम विकलाई सडकको साइडमा रहेको बिजुलीको नांगो तारबाट करेन्ट लागी घाइते भएपछि उपचार लागि पोखरा ल्याएको हो ।

सुरुमा उपचारका लागि जिल्ला अस्ताल जोमसोम पठाइएकोमा थप उपचारका लागि गण्डकी हस्पिटल पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।