पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिदा एकजना बेपत्ता भएका छन् ।
म्याग्दीको धौलागिरी गाउँपालिका-३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा हाल सम्म नम्बर नखुलेको JCB पुरिन गई सोही सडकमा काम गर्ने सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् ।
उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी रहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् ।




