तनहुँमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री एक जना बालिकाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका-१ तल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प २५२६ नं. को मोटरसाईकलले बाटोमा हिडदै गरिकी निशा आलेमगरलाई ठक्कर दिदा उनको उपचारका क्रममा मृत्यु भएको हो ।
अंन्दाजी ५/६ वर्षकी बालिकालाई तत्काल उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।






