४० नयाँ गन्तव्यको खोजीमा प्रदेश सरकार


गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ ।

शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको बताएका हुन् ।

उनले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए । मन्त्री लम्सालले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गराउन पर्यटकीय गन्तव्य पहिचान आवश्यक रहेको धारणा राखे ।

उक्त अवसरमा मन्त्री लम्सालले व्यास नगरपालिका–३ मा निर्माण हुन लागेको गुरुङ सङ्ग्रहालयको अवलोकन गरेका छन् । संग्रहालय निर्माणका लागी प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं