ताजा समाचार

जेठ १७ गते २०७६

सात वर्षीया बालिका बलात्कृत

पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् ।

विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरज खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका परियारले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालमा ल्याईएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।