पहिरोले दुईवटा जीप पुरिए

सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडक खण्डमा दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चार जनाको प्रहरीले उद्धार गरेको छ ।

रुपन्देही घर भएका चालक कमल परियारको मृत्यु भएको हो । दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५९३८ नम्बरका जिप पुरेको हो ।