बजार विक्री प्रतिनिधि संघ गण्डकीमा गोविन्द

नेपाल बजार विक्री प्रतिनिधिसंघ गण्डकी प्रदेशको पहिलो अधिवेशनबाट गोविन्द ढुंगाना अध्यक्षमा चयन भएका छन् ।

समितिको प्रथम उपाध्यक्षमा प्रकाश आचार्य, द्वित्तीय उपाध्यक्षमा शंकर खनाल, सचिवमा सुरेश सापकोटा, उपसचिवमा अर्थतर्फ बालुराम तिवारी, प्रचारप्रसारतर्फ सुवर्ण नेपाली, संगठनतर्फ छवि तिमिल्सेना, शिक्षातर्फ दिनेश गौतम, अतिरिक्ततर्फ महेन्द्र बराल छन् ।

यसैगरि समितिको सदस्यमा अमृत पौडेल, किरण घिमिरे, रामचन्द्र सिग्देल, रामजी सुवेदी, प्रदिप चालिसे, विमल अधिकारी, हरी सुवेदी, ईन्द्र ढुंगाना, रेशमराज ढुंगाना, अतित माझी, रामचन्द्र वगाले, जयनारायण सापकोटा, अमृत पौडेल, विनिता अधिकारी छन् ।

अधिवेशनको उद्घाटन नेपाल बजार विक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले गलत नियत वोकेर सामाजिक सुरक्षा लागु गर्न हिच्किचाउने उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा लागु गर्न संघले बाध्य पार्ने बताए ।

मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगानाले बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको समान बजारसम्म पुर्याउने काम बजार प्रतिनिधिले गर्ने भएकाले बजार प्रतिनिधिका अधिकार सुनिश्चित गर्नेतर्फ उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए ।

संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतमले मजदुरका अधिकार सुनिश्चित गर्नकालागी पनी उद्योगी व्यवसायीले नियुक्तिपत्र दिएरमात्र वजार मजदुरलाई काममा लगाउन आग्रह गरे ।

गोपाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक उपाध्यक्ष वसन्तराज सिग्देल, पूर्व उपाध्यक्ष छवीराज शर्मा, रामचन्द्र वाग्ले, राजन कार्की, केन्द्रीय प्रचारप्रसार सचिव श्रीराम सिग्देल, पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना, हार्डवयर एसोसिएसनका महासचिव अर्जुन थापा, कस्मेटिक एसोसिएसनका उमापती ढकाल, खुद्रा किराना व्यवसायी चुँडामणि अधिकारी लगायतले बोलेका थिए ।