बागलुङमा डेंगुविरुद्ध अभियान

बागलुङ सदरमुकाममा डेँगु रोग बिरुद्ध जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । बिभिन्न संघसंस्थाले स्वत स्फूर्त रुपमा डेंगु रोग बिरुद्ध सचेतनामुलक ¥याली, गोष्ठी, छलफल आयोजना गर्ने क्रम जारी छ ।

बुधबार बागलुङ नगरपालिका २ स्थित गरिमा आवासीय माबि रडिग्निटी कलेजले डेंगु ज्वरो रोकथाम तथा नियन्त्रण गर्न आग्रह गर्दै बजार परिक्रमा गरे । जिल्ला प्रहरी कार्यालय बागलुङ समुदाय साझा प्रहरीको समेत सहभागितामा सन्चालित सो अभियानमा ब्यानरसहित बजार परिक्रमा गरी डेंगु रोगबारे जानकारी युक्त पर्चा वितरण गरिएको छ ।

डेंगु रोगबाट बच्ने उपायका साथै डेंगु ज्वरो आए नआएको एकीन गर्न बागलुङ जिल्लाको धौलागिरी अस्पतालबाहेक अन्य स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा आवश्यक उपकरण ९किट०को उपलव्धताबारे पनि जानकारी लिन आग्रह गरियो ।