गण्डकी सेरोफेरो

लोकसंस्कृति जगेर्ना गर्न देउसीभैलो प्रतियोगिता हुने

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेमो भरतपोखरी विकास मन्चले लोकसंस्कृति जगेर्ना गर्न देउसीभैलो प्रतियोगिता गर्ने भएको छ । लोकसंस्कृति जगेर्ना र बिकृति न्युनीकरणका लागि दोस्रो देउसीभैलो प्रतियोगिता तथा लोकस्रस्टा सम्मान एवं विविध साँस्कृतिक कार्यक्रम आउदो कार्तिक ९ र १० गते भरतपोखरी कालिकास्थानमा हुने बताइएको छ । लोक संस्कृतिलाई एकपुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणगर्ने अभिप्रायले सो कार्यकक्रम आयोजना गरिएको आयोजकले बताएको छ। प्रतियोगितामा प्रथम द्दितीय तृतीय र सान्त्वना लाई क्रमश २५… पुरा पढौ

कास्कीबाट लागुऔषध सहित १ युवा पक्राउ

पोखरा महानगरपालिका-९ नयाबजार स्थित अस्थाई प्रहरी पोष्ट तुलसीघाटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । प्रहरीले बारा जिल्ला घर भएका २५ बर्षिय बिनय चौधरीलाइ आइतबार साँझ पक्राउ गरी उनको साथबाट ११पत्ता (१६५ वटा)ट्याबलेट नाईट्राभेट बरामद गरेको हो । शंकास्पद रुपमा हिडिरहेको चौधरीलाई चेकजाँच गर्दा लागुऔषध भेतिएपछि पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाएको प्रहरी उपरीक्षक दिपक रेग्मी जानकारी दिएका छन् । पुरा पढौ

फोटो खिच्ने क्रममा वेपत्ता भएकी महिलाको शव फेला

फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर वेपत्ता युवतिको शव ८दिनपछि आइतबार फेला परेको छ । गत असोज १९ गते बडिगाड खोलाको किनारमा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेर वेपत्ता भएकी बाग्लुङ तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेल घर भइ हाल काठमाडौ बस्दै आएकी ३२ वर्षीया धनदेवी श्रीपालीको शव आठ दिनपछि बडिगाड गाउँपालिका–७ तुरतुरे ताल नजिकै फेला परेको हो। अर्जेन्टिनाका एक नागरिकलाइ आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशै… पुरा पढौ

६४ औँ प्रहरी दिवसका अवसरमा राहत वितरण

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले ६४ औँ प्रहरी दिवसका अवसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । असोज २६ गते पोखराको छोरेपाटन स्थित मानव सेवा आश्रममा खाध्यान्न सामाग्री वितरण गरेको हो । सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा आवश्यक रहेका खाध्यान्न सामग्री हस्तान्तरण गरी संघकी अध्यक्ष पार्वती शर्मा घिमिरेले कार्यक्रमको उद्‌घाटन गरेकी थिईन । नेपाल प्रहरी श्रीमती संघ कुनै दातृ निकायबाट… पुरा पढौ

चितुवाले गर्छ कुखुरा फार्मको सुरक्षा !

पोखरा-२७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ। राजेन्द्र अधिकारीले बिगत लामो समयदेखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् । हजारौं कुखुराहरु माथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्ममा भेट्न सकिन्छ । उनको फार्ममा १६ बर्ष सम्मको बुढो भाले समेत छ । उक्त भालेलाई तीन लाख पाउँदा पनि उनले बेचेनन् । उनको कृषि फर्ममा… पुरा पढौ

मुक्तिनाथ देखि कोरला सम्म पर्यटक ,मुस्ताङका होटल भरिभराउ

मुक्तिनाथ आएका पर्यटक कोरला सम्म एसके थकाली मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा यसवर्ष पनि दशैं सकिए लगत्तै आन्तरिक पर्यटकको घुईचो लागेको छ । बडा दशैं–तिहार ,नेपाल संम्वत तथा छडपर्वको अवसरमा घर विदामा फर्किएका नेपालीहरु कोरलानाका हेर्न ओईरिएका हुन् । मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र स्थित घासा प्रहरी चौकीले दिएको जानकारी अनुसार दशैं पर्वको पछिल्लो दिन पछि शुक्रवार सम्ममा करिव ६ हजार पर्यटक मुस्ताङ भित्रिएको जनाईएको छ । घासां प्रहरी चौकीका… पुरा पढौ

पर्वतको मुडिकुवामा कार दुर्घटना, घाइते शर्मालाई पोखरा ल्याइयो

जिल्लाको फलेवास नगरपालिका वडा न ४ मुडिकुवामा कार दुर्घटनामा परेको छ । फलेवासको खानीगाउँबाट कुश्मा आउँदै गरेको वा ६ च ६४६ नम्बरको कार मुडिकुवा भन्ने स्थानमा दुर्घटनामा परेको हो । गण्डकी प्रदेशका प्रहरी उपरिक्षक दिपक रेग्मीका अनुसार कारमा सवार मध्ये फलेवास ४ मुडिकुवाकी ५५ वर्षीया शान्ति शर्मा पौडेल घाइते भएकी छिन । घाइते शर्मालाई उपचारका लागि पोखरा ल्याइएको छ । कारमा सवार ३ जना यात्रु मध्ये अन्य समान्य रहेको प्रहरी… पुरा पढौ

पिङ खेलिरहेका बालकको चितुवाको आक्रमणबाट गयो ज्यान

चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँ रहेका छन् । घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । ‘दशैंको दिन टीका लगाएर घर नजिकै पिङ… पुरा पढौ

पिङ खेल्दा घाँटीमा डोरी बेरिएर मृत्यु

म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो । अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।… पुरा पढौ

वडाध्यक्षको सराहनीय काम : अलपत्र २५ वृद्धवृद्धाको उद्धार

सामाजिक सुरक्षा भत्ता नपाएर अलपत्र परेका पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका २५ जना वृद्धवृद्धालाई वडाध्यक्ष सन्तनाथ सुवेदीले उद्धार गरेका छन् । गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकका प्रतिनिधि र जनप्रतिनिधि नगएपछि भत्ता बुझ्नका लागि दरबाङ बजारमा आएका २५ जना वृद्धवद्धा बैंक बन्द भएपछि अलपत्र परेका थिए । दिच्यामकी जसमती रोका, दिलबहादुर सुनारलगायत २५ जना वृद्धवृद्धालाई मालिका गाउँपालिका–६ का वडाध्यक्ष सुवेदीले ऋण खोजेर प्रतिव्यक्ति रु २ हजारदेखि २ हजार ५ सयसम्म… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं