पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेमो भरतपोखरी विकास मन्चले लोकसंस्कृति जगेर्ना गर्न देउसीभैलो प्रतियोगिता गर्ने भएको छ ।
लोकसंस्कृति जगेर्ना र बिकृति न्युनीकरणका लागि दोस्रो देउसीभैलो प्रतियोगिता तथा लोकस्रस्टा सम्मान एवं विविध साँस्कृतिक कार्यक्रम आउदो कार्तिक ९ र १० गते भरतपोखरी कालिकास्थानमा हुने बताइएको छ ।
लोक संस्कृतिलाई एकपुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणगर्ने अभिप्रायले सो कार्यकक्रम आयोजना गरिएको आयोजकले बताएको छ।
प्रतियोगितामा प्रथम द्दितीय तृतीय र सान्त्वना लाई क्रमश २५ हजार , १५ हजार, १० हजार र ५ हजार, उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा तथा बाद्यबादनको लागि ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा लोकसंस्कृति जगेर्नामा बिशेष योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गरिने भरतपोखरी विकास मन्चका अध्यक्ष डिल्लिराम बरालले बताएका छन् ,साथै उनले प्रतियोगितामा भाग लिन समूह दर्ताको समय सुरु भइसकेकोले इच्छुक प्रतियोगीले नाम दर्ता गर्न जानकारी समेत गराएका छन् ।






