ताजा समाचार

असाेज २० गते २०७६

वडाध्यक्षको सराहनीय काम : अलपत्र २५ वृद्धवृद्धाको उद्धार

सामाजिक सुरक्षा भत्ता नपाएर अलपत्र परेका पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका २५ जना वृद्धवृद्धालाई वडाध्यक्ष सन्तनाथ सुवेदीले उद्धार गरेका छन् ।

गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकका प्रतिनिधि र जनप्रतिनिधि नगएपछि भत्ता बुझ्नका लागि दरबाङ बजारमा आएका २५ जना वृद्धवद्धा बैंक बन्द भएपछि अलपत्र परेका थिए ।

दिच्यामकी जसमती रोका, दिलबहादुर सुनारलगायत २५ जना वृद्धवृद्धालाई मालिका गाउँपालिका–६ का वडाध्यक्ष सुवेदीले ऋण खोजेर प्रतिव्यक्ति रु २ हजारदेखि २ हजार ५ सयसम्म उपलब्ध गराएका हुन् ।

‘अलपत्र परेका थियौँ, अध्यक्ष ज्यूँले पैसा दिएपछि हाम्रो समस्या समाधान भयो’, दिच्यामकी जसमती रोकाले खुशी हुँदै भने ।

‘उहाँहरूलाई समस्यामा देखेपछि तत्काललाई व्यवस्था भएको छ’, ‘उहाँहरूले बैंक खुलेपछि फिर्ता गर्नुहुन्छ’, वडाध्यक्ष सुवेदीले भने ।

सामाजिक सुरक्षा भत्तालाई वडास्तरमै वितरणको अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।


Loading...