गण्डकी सेरोफेरो

आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकी बन्दिपुर होमस्टेमा

आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तीक १ र २ गते दुई दिन सम्म बन्दीपुरका बिभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दिपुर सामुदायीक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको… पुरा पढौ

ज्योतिषको भेषमा बालिका अपहरण गर्ने पक्राउ

बागलुङको निसीखोलामा सोमबार बालिका अपहरणको प्रयास भएको छ ।ज्योतिष भेषका घुमन्ते ३४ वर्षीय अन्जल कुँवर क्षत्रीले निसीखोला गाउँपालिका–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० वर्षीया छोरी मिनाक्षी कुँवरलाई अपहरणको प्रयास गरेका प्रहरीले जनाएको छ। बुबाआमा काममा गएको मौका पारी घरमा एक्लै खेल्दै गरेकी बालिकालाई नयाँ कपडा किनिदिने तथा एक हजार रुपैयाँ दिने प्रलोभनमा पारेर बुर्तिवाङतर्फ ल्याउँदै गरेको स्थानीयवासीले बताएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बालिका अपहरण… पुरा पढौ

चुनावमा जुट्यो कास्की कांग्रेस, सभापति केसी पनि सक्रिय

नेपाली कांग्रेस कास्की आशन्न उपनिर्वाचन केन्दित कार्यक्रम, छलफल र भेलामा जुटेको छ । चुनावका लागि २ महिना अघि नै हाइकमाण्ड प्रतिनिधि छनोट गरी अघि बढ्को कांग्रेस यतिबेला छलफलमा जुटेको हो । यस बीचमा हाइकमाण्ड प्रतिनिधिले अनौपचारिक रुपमा जनतासंग भेटघाट गरी जनमत र जनआकांक्षा बुझ्ने काम गरेको थियो । साथै पार्टी सभापति कृष्ण केसी पनि सोमबारदेखि चुनावी अभियानमा सक्रिय भएका छन् । करिब १ महिनादेखि अस्वस्थ भएर कतै नहिंडेका केसी सोमबारदेखि… पुरा पढौ

झलमानका गीत जापानमा गुञ्जने

पोखरेली कलाकार जापान जाने भएका छन् । जापानको कोमागाने सहरमा आयोजना हुने मिनाकोओ विश्व सांस्कृतिक महोत्सवमा सहभागी हुन ३ सदस्यीय टोली जाने भएको हो । कार्यक्रममा सहभागी हुन जाने टोलीलाई पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार बिदाइ गरे । टोलीमा सहभागी धनबहादुर गायक, विवेक गायक र प्रतिक थापालाई महानगर प्रमुख जिसीले माला लगाएर बिदाइ गरेका हुन् । जापानको कोमागाने सहरको सिटिजन्स एशोसिएशनको निमन्त्रणामा जान लागेको हो । कार्यक्रममा महानगर प्रमुख… पुरा पढौ

खानेपानी आयोजना : २०४३ मा शुरु, २०७६ मा पूरा

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि पूरा भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो । खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण… पुरा पढौ

समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले वडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताए । संघीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उनले संघीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तवरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताए । उनले संघीय सरकारको केन्द्रिकृत सोचका कारण अझै पनि संघीयता… पुरा पढौ

पोखराको होटलमा विदेशी नागरीक मृत फेला

पोखराको एक होटलमा विदेशी नागरीक मृत फेला परेका छन् । पोखरा महनागरपालिका ६ लेकसाईडमा रहेको लक्की सेभेन गेष्ट हाउसको २०३ नं. को कोठामा लामो समय देखी एक्लै बस्दै आएका ७६ वर्षिय जर्मन नागरिक KARL HEINJ SCHICKEL मृत भेतिएका हुन् । शनिबार बिहान अबेर सम्म नउठेपछि होटलको साहुले हेर्दा मृत अवस्थामा रहेले प्रहरीलाई खबर गरेका थिए । घटनाको बरेमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

कास्कीमा वार्षिक साधरण सभा सम्पन्न

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिती कास्कीले कार्तिक ०२ गते आफ्नो १४ औँ वार्षीक साधारण सभा सम्पन्न गरेको छ । नेपाल प्रहरीसंगै हातेमालो गर्दै समाजका विकृती विसंगतीहरुलाई निराकरण गर्ने उदेश्यका साथ स्थापना भएको उक्त सेवा केन्द्रले विगत लामो समय अघिदेखी नेपाल प्रहरी संगै हातेमालो गर्दै विभिन्न गतिविधिहरु गर्दै नेपाल प्रहरीको जनमुखि प्रहरी अभियानमा अतुलनिय भुमिका निर्वाह गर्दै आईरहेको छ। प्रमुख अतिथि पोखरा महानगरपालिका ९ का वडा… पुरा पढौ

पोखरामा सडक दुर्घटना उद्धार सम्बन्धी नमूना अभ्यास सम्पन्न

“अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी विपद व्यवास्थापन कार्यक्रम अन्तर्गत सडक दुर्घटना उद्धार नमूना अभ्यास शनिबार सम्पन्न भएको छ । ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना भएको हो ।उक्त संयूक्त नमूना अभ्यासमा नेपाल प्रहरी… पुरा पढौ

सडक महोत्सवको तयारी शुरु, लक्ष्मण बराल संयोजक

२१ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी शुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले वर्षेनी सञ्चालन गर्दै आएको पोखरा सडक महोत्सवको आगामी महोत्सवलाई सफल पार्नका लागि रेवानले आगामी सडक महोत्सवका लागि संयोजक तथा सह–संयोजक चयन गरेको छ । रेवान पोखराको सम्पन्न पछिल्लो बैठकले समितिका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजकमा चयन गरेको छ । यस्तै, सदस्यद्वय नरेश भट्टराई र वसन्त गौतम सह–संयोजकमा चयन भएका छन् । संरक्षकमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं