ताजा समाचार

कार्तिक ३ गते २०७६

पोखराको होटलमा विदेशी नागरीक मृत फेला

पोखराको एक होटलमा विदेशी नागरीक मृत फेला परेका छन् । पोखरा महनागरपालिका ६ लेकसाईडमा रहेको लक्की सेभेन गेष्ट हाउसको २०३ नं. को कोठामा लामो समय देखी एक्लै बस्दै आएका ७६ वर्षिय जर्मन नागरिक KARL HEINJ SCHICKEL मृत भेतिएका हुन् ।

शनिबार बिहान अबेर सम्म नउठेपछि होटलको साहुले हेर्दा मृत अवस्थामा रहेले प्रहरीलाई खबर गरेका थिए । घटनाको बरेमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।