ताजा समाचार

कार्तिक ३ गते २०७६

कास्कीमा वार्षिक साधरण सभा सम्पन्न

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिती कास्कीले कार्तिक ०२ गते आफ्नो १४ औँ वार्षीक साधारण सभा सम्पन्न गरेको छ ।

नेपाल प्रहरीसंगै हातेमालो गर्दै समाजका विकृती विसंगतीहरुलाई निराकरण गर्ने उदेश्यका साथ स्थापना भएको उक्त सेवा केन्द्रले विगत लामो समय अघिदेखी नेपाल प्रहरी संगै हातेमालो गर्दै विभिन्न गतिविधिहरु गर्दै नेपाल प्रहरीको जनमुखि प्रहरी अभियानमा अतुलनिय भुमिका निर्वाह गर्दै आईरहेको छ।

प्रमुख अतिथि पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष रामराज लामिछानेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घा्टन गर्दै सामुदायिक प्रहरी अब शहर केन्द्रित मात्र नभई गाँउगाँमा समेत स्थापना हुन सके समाजका विकृती बिसंगतीहरु न्यूनिकरणमा सहयोग पुग्ने बताएका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सोमनाथ बास्तोलाले पनि समृद्ध र समुन्नत समाज निर्माणका लागि आम नागरिक र प्रहरीको सम्बन्ध विस्तारको बलियो आधारको रुपमा सामुदायिक प्रहरी सेवा केन्द्रले काम गरिरहेको बताउदै आगामी दिनमा पनि विकृती विसंगती निर्मुल पार्न प्रहरी संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राज कुमार के।सी।, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न मा समूहका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्ति एवं संस्थालाई सम्मान समेत गरिएको थियो।