६४ औँ प्रहरी दिवसका अवसरमा राहत वितरण

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले ६४ औँ प्रहरी दिवसका अवसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । असोज २६ गते पोखराको छोरेपाटन स्थित मानव सेवा आश्रममा खाध्यान्न सामाग्री वितरण गरेको हो ।

सेवा नै मुल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा आवश्यक रहेका खाध्यान्न सामग्री हस्तान्तरण गरी संघकी अध्यक्ष पार्वती शर्मा घिमिरेले कार्यक्रमको उद्‌घाटन गरेकी थिईन ।

नेपाल प्रहरी श्रीमती संघ कुनै दातृ निकायबाट संञ्चालित नभई आफूहरुले देउसिभैलो कार्यक्रमहरु गर्ने विभिन्न मेला महोत्सवहरुमा स्टलहरु राख्ने र त्यसबाट आम्दानि भएको पैसा निरन्तर मानव समाजको हित हुने कार्यमा खर्च गर्दै आईरहेको संघकी सचिव रविना अर्यालले बताइन।

कार्यक्रमकै अवसरमा उक्त आश्रमका प्रतिनिधिहरुले गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन ।