कास्कीबाट लागुऔषध सहित १ युवा पक्राउ

पोखरा महानगरपालिका-९ नयाबजार स्थित अस्थाई प्रहरी पोष्ट तुलसीघाटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ ।

प्रहरीले बारा जिल्ला घर भएका २५ बर्षिय बिनय चौधरीलाइ आइतबार साँझ पक्राउ गरी उनको साथबाट ११पत्ता (१६५ वटा)ट्याबलेट नाईट्राभेट बरामद गरेको हो ।

शंकास्पद रुपमा हिडिरहेको चौधरीलाई चेकजाँच गर्दा लागुऔषध भेतिएपछि पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान अगाडी बढाएको प्रहरी उपरीक्षक दिपक रेग्मी जानकारी दिएका छन् ।