फोटो खिच्ने क्रममा बडिगाड खोलामा खसेर वेपत्ता युवतिको शव ८दिनपछि आइतबार फेला परेको छ ।
गत असोज १९ गते बडिगाड खोलाको किनारमा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेर वेपत्ता भएकी बाग्लुङ तमानखोला गाउँपालिका वडा नम्बर ४ लाम्मेल घर भइ हाल काठमाडौ बस्दै आएकी ३२ वर्षीया धनदेवी श्रीपालीको शव आठ दिनपछि बडिगाड गाउँपालिका–७ तुरतुरे ताल नजिकै फेला परेको हो।
अर्जेन्टिनाका एक नागरिकलाइ आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशै मनाउन भनेर घर जाँदै गर्दा उनीहरु १८ गते बुर्तिबाङ बजारमा बसेका थिए । १९ गते घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लेर खोलामा खसेकी थिईन ।




