ताजा समाचार

असाेज २२ गते २०७६

पर्वतको मुडिकुवामा कार दुर्घटना, घाइते शर्मालाई पोखरा ल्याइयो

जिल्लाको फलेवास नगरपालिका वडा न ४ मुडिकुवामा कार दुर्घटनामा परेको छ । फलेवासको खानीगाउँबाट कुश्मा आउँदै गरेको वा ६ च ६४६ नम्बरको कार मुडिकुवा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

गण्डकी प्रदेशका प्रहरी उपरिक्षक दिपक रेग्मीका अनुसार कारमा सवार मध्ये फलेवास ४ मुडिकुवाकी ५५ वर्षीया शान्ति शर्मा पौडेल घाइते भएकी छिन । घाइते शर्मालाई उपचारका लागि पोखरा ल्याइएको छ ।

कारमा सवार ३ जना यात्रु मध्ये अन्य समान्य रहेको प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए । कार सडकबाट अन्दाजी १२ मिटर तल झरेको थियो ।


Loading...