चितुवाले गर्छ कुखुरा फार्मको सुरक्षा !


पोखरा-२७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ। राजेन्द्र अधिकारीले बिगत लामो समयदेखी बिभिन्न प्रजातिका कुखुराहरु पालेर त्यसको अनुसन्धानका साथै व्यवसाय पनि गर्दै आएका छन् ।

हजारौं कुखुराहरु माथी राजेन्द्र अधिकारीले अनुसन्धान गरिरहेका छन् । नेपालमा पाईने र पाल्न मिल्ने सबै प्रकारका कुखुराहरु उनको फार्ममा भेट्न सकिन्छ ।

उनको फार्ममा १६ बर्ष सम्मको बुढो भाले समेत छ । उक्त भालेलाई तीन लाख पाउँदा पनि उनले बेचेनन् । उनको कृषि फर्ममा चितुवा घुमिरहन्छन् तर पनि कुखुरालाई केही गर्दैनन् ।

सानोमा चितुवाका बच्चा हुर्काएकोले फार्ममा बेला-बेलामा चितुवा आउने र केही नगर्ने दिए खाने नत्र जाने गरेको उनले खुलासा गरे ।

राती कसैले कुखुरा चोर्ने आँट गर्नै सक्दैेनन् किनकी चितुवा कतिबेला आउँछ कसैलाई थाहा नै हुँदैन ।

देशमा केही गरौं भन्ने युवाहरुका लागी अधिकारीको जीवन र उनको यो व्यवासयबाट धेरै पाठ सिक्न सकिन्छ । लाखौंको जागिर छोडेर कृषि अनुसन्धानमा लागेका अधिकारीको फार्म पुग्दा यस्तो देखियो ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं