गण्डकी सेरोफेरो

उद्दार बाल विकास केन्द्रलाई सहयोग

पोखराको गैरापाटनस्थित उद्दार बाल विकास केन्द्रलाई विभिन्न समग्री प्राप्त भएको छ । हाल अमेरिका रहेका अनिश सिग्देल र अनिशा सिग्देल खरेलले केन्द्रलाई विभिन्न सामग्री सहयोग गरेका हुन् । केन्द्रमा हाल अति विपन्न वर्गका २३ जना ससाना बालबालिका छन् । सिग्देलद्वयले केन्द्रलाई २ थान लोबेडसहित म्याट्रेस, कुसन, तन्नाका साथै खाद्यान्न सामगी प्रदान गरेको केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदीले जानकारी दिइन् । उक्त अवसरमा रजनी श्रेष्ठले समेत केन्द्रका लागि केबल लाइन जोडर… पुरा पढौ

उम्मेदवारी दर्ताका लागि कास्की कांग्रेसको यस्तो तयारी

कास्की काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ताका लागि जुलुससहित जाने भएको छ । तर कांग्रेसका उम्मेदवार अझै टुंगिएको छैन । कास्की क्षेत्र नं. २ का लागि नेता देवराज चासिलेसहित १६ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । यो समाचार तयार पर्दासम्म उम्मेदवारको टुंगोबारे कांग्रेसमा कुनै निर्णय भएको छैन । कास्की कांग्रेसको मंगलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको सभागृहबाट जुलुससहित उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जाने निर्णय… पुरा पढौ

राप्रपा कास्कीको चुनाव प्रचार समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका विभिन्न पदाधिकारी तथा सदस्य रहने गरी १ हजार १ सय ११ सदस्यीय परिचालन समिति गठन गरेको छ । जसअन्तर्गत जिल्ला निर्वाचन परिचालन समिति संयोजकमा जयलाल पुन, सहसंयोजकमा इश्वरी बैरागी, सहसंयोजक क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला उपाध्यक्ष विष्णु कार्की, महानगर अध्यक्ष मोतिमान शाक्य… पुरा पढौ

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेल पोखरा आउँदै

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल पोखरा आउने भएका छन् । आशन्न उपनिर्वाचन लक्षित जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड र महासचिव पौडेल पोखरा आउने भएका हुन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाका अनुसार जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि कात्तिक २३ गते शनिबार हुँदैछ । स्थान र समय भने तय भएको छैन । पुरा पढौ

कास्कीमा चुनावको यस्तो रौनक

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ । निर्वाचनका… पुरा पढौ

नारायणस्थान मन्दिर पोखराका अध्यक्ष पराजुली सम्मानित

पोखरास्थित नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुली गुठी संस्थान प्रधान कार्यालय काठमाडौंद्वारा सम्मानित भएका छन् । नारायण गुठी जग्गाको खोजी, दर्ता र व्यवस्थापन गर्ने कार्यमा प्रशंसनीय योगदान गरेकोले गुठी संस्थानको ५६ औं वार्षिकोत्सवको शुभअवसरमा प्रसंसापत्र र दोसल्लाद्वारा पराजुलीलाई सम्मानित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुठी सम्पदा र सम्पत्ति संरक्षण कार्यमा निरन्तर सहयोग रहने विश्वास सहित नारायणस्थान… पुरा पढौ

कास्कीका सोमनाथ प्यासी प्रदेश १ को प्रमुख

कास्कीका सोमनाथ अधिकारी प्यासी प्रदेश नं. १ को प्रमुखमा नियुक्त भएका छन् । उनी नेकपाका नेता हुन् । पूर्व एमाले निकट नेता प्यासी नेकपाको बैठकको निर्णय र मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । यसअघि नियुक्त भएका प्रदेश प्रमुख आइतबार बर्खास्तीमा परेपछि प्यासी नियुक्त भएका हुन् । कास्की पोखराको बाटुलेचौर निवासी हुन् । उनी २०२५ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका थिए । उनले आफ्नो जीवनको कालखण्डमा पटकपटक जेल जीवन व्यहोरेका… पुरा पढौ

वडाध्यक्ष नेकपामा प्रवेश

ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिए । पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं जिल्ला सदस्य गुञ्जबहादुर भण्डारीलगायत छन् ।   सोही अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा सङ्गठनका केन्द्रीय सदस्य… पुरा पढौ

नेकपा प्रवेश गरे वडाध्यक्ष

देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्ष निर्वाचित बागलुङको ढोरपाटन नगरपालिका ३ का अध्यक्ष नेकपा प्रवेश गरेका छन्। तत्कालीन माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जितेका वडाअध्यक्ष हेमेन्द्र घर्तिमगरले आइतबार पार्टी परित्याग गरेका हुन् । नेकपाले आयोजना गरेको उपनिर्वाचन तयारी बैठकमा उनी नेकपा प्रवेश गरे । सानो पार्टीमा बसेर काम गर्न असजिलो भएको भन्दै नेकपा प्रवेश गरेको उनको भनाइ छ । पुरा पढौ

मानवअधिकारचोमा कार्यक्रम गर्न प्रतिवन्ध

पोखराको चिप्लेढुंगाको चौतारी अगाडि कुनै कार्यक्रम गरे १५ हजारसम्म जरिवाना गरिने भएको छ । पोखरा महानगरपालिकाले चिप्लेढुंगा क्षेत्रमा कार्यक्रम गर्न प्रतिबन्द लगाएको अवस्थामा यदि कसैले अटेर गरि जवरजस्ती चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गरे पोखरा महानगरले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए । गत कात्तिक ७ गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले फुटपाथ अतिक्रमण गरेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं