नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल पोखरा आउने भएका छन् ।
आशन्न उपनिर्वाचन लक्षित जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड र महासचिव पौडेल पोखरा आउने भएका हुन् ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाका अनुसार जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि कात्तिक २३ गते शनिबार हुँदैछ । स्थान र समय भने तय भएको छैन ।






