राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।
पार्टीको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका विभिन्न पदाधिकारी तथा सदस्य रहने गरी १ हजार १ सय ११ सदस्यीय परिचालन समिति गठन गरेको छ ।
जसअन्तर्गत जिल्ला निर्वाचन परिचालन समिति संयोजकमा जयलाल पुन, सहसंयोजकमा इश्वरी बैरागी, सहसंयोजक क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला उपाध्यक्ष विष्णु कार्की, महानगर अध्यक्ष मोतिमान शाक्य छन् ।
यसैगरी अर्थ संकलन उपसमिति संयोजकमा डा.भिमसेन गुरुङ, सहसंयोजकहरुमा केन्द्रीय सदस्य शिवप्रसाद चालिसे, केन्द्रीय कुलबहादुर गुरुङ्ग कुलु, सिता खड्का, नारायण गुरुङ, महिला संघ अध्यक्ष कृष्ण कुमारी खड्का, विश्वराज पौडेल, जगत प्रसाद सुवेदी रहेका छन् ।
प्रचारप्रसार उपसमिति संयोजकमा सूर्य बाँस्तोला, सहसंयोजकमा सुवर्णराज पन्त, सदस्य सचिवमा रमेश त्रिपाठी, सहसंयोजकमा नवराज बसौला, प्रकाश सापकोटा, युवा परिचालन उपसमिति संयोजक विजयबाबु भण्डारी, विद्यार्थी परिचालन संयोजक शिव पौडेल, सहसंयोजक सन्दीप धमला, महिला परिचालन उपसमिति संयोजकमा कृष्ण कुमारी सुवेदी, सहसंयोजकमा ननश्री गुरुङ, इन्द्रकुमारी शाही, नौमाया गुरुङ, विनु राणा, गंगा थापा, अमृता थापा, कुन्ती कुमारी शाही, रन्जना सेन पौडेल, मिना गुभाजु, धनकुमार अधिकारी छन् ।

यस्तै उत्पीडित उत्थान उपसमिति संयोजक लालबहादुर नेपाली, सहसंयोजक पुर्णाखर सुनार, सदस्य सचिव बद्री परियार, डिलमाया परियार, टोपिलाल नेपाली, मुश्लीम परिचालन उपसमिति संयोजक अमिर मियाँ, सांस्कृतिक परिचालन उपसमिति संयोजक इन्दिरा शाही, सहसंयोजक बुद्धिमान दूरा धम्पु, धार्मिक परिचालन उपसमिति संयोजक भोलाजंग सुवेदी, सहसंयोजक ज्ञानेन्द्र कुमार घिमिरे, ओम बहादुर कार्की, रत्नाखर आचार्य छन् ।
यसैगरी अन्तरपार्टी परिचालन उपसमिति संयोजक जिल्ला अध्यक्ष, सहसंयोजक अर्जुन बहादुर बस्नेत, जगत प्रसाद सुवेदी, हरिप्रसाद बराल छन् ।
पार्टीका कार्यवाहक अध्यक्ष गणेश बहादुर ढकालको अध्यक्षतामा, प्रदेश अध्यक्ष हेमजंग गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव हरिप्रसाद बरालले गरेका थिए ।
कास्की क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । कास्की २ पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारीको क्षेत्रको ।





