ताजा समाचार

कार्तिक १७ गते २०७६

नेकपा प्रवेश गरे वडाध्यक्ष

देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्ष निर्वाचित बागलुङको ढोरपाटन नगरपालिका ३ का अध्यक्ष नेकपा प्रवेश गरेका छन्। तत्कालीन माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जितेका वडाअध्यक्ष हेमेन्द्र घर्तिमगरले आइतबार पार्टी परित्याग गरेका हुन् ।

नेकपाले आयोजना गरेको उपनिर्वाचन तयारी बैठकमा उनी नेकपा प्रवेश गरे । सानो पार्टीमा बसेर काम गर्न असजिलो भएको भन्दै नेकपा प्रवेश गरेको उनको भनाइ छ ।