कास्की काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ताका लागि जुलुससहित जाने भएको छ । तर कांग्रेसका उम्मेदवार अझै टुंगिएको छैन ।
कास्की क्षेत्र नं. २ का लागि नेता देवराज चासिलेसहित १६ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । यो समाचार तयार पर्दासम्म उम्मेदवारको टुंगोबारे कांग्रेसमा कुनै निर्णय भएको छैन ।
कास्की कांग्रेसको मंगलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको सभागृहबाट जुलुससहित उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जाने निर्णय गरेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।
कास्की कांग्रेसले र्यालीमा सहभागी हुन मातहतका समितिसहित शुभेच्छुकलाई आग्रह गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा बसेको थियो ।





