उद्दार बाल विकास केन्द्रलाई सहयोग

पोखराको गैरापाटनस्थित उद्दार बाल विकास केन्द्रलाई विभिन्न समग्री प्राप्त भएको छ ।

हाल अमेरिका रहेका अनिश सिग्देल र अनिशा सिग्देल खरेलले केन्द्रलाई विभिन्न सामग्री सहयोग गरेका हुन् । केन्द्रमा हाल अति विपन्न वर्गका २३ जना ससाना बालबालिका छन् ।

सिग्देलद्वयले केन्द्रलाई २ थान लोबेडसहित म्याट्रेस, कुसन, तन्नाका साथै खाद्यान्न सामगी प्रदान गरेको केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदीले जानकारी दिइन् ।

उक्त अवसरमा रजनी श्रेष्ठले समेत केन्द्रका लागि केबल लाइन जोडर सहयोग गरेकी छन् । यसैगरी पोखरा ४ वडा कार्यालयबाट सीसी क्यामेरा, भित्ते पंखा सहयोग भएको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

कार्यक्रममा वडाध्यक्ष शंकर बास्तोला, सदस्य विष्णु परियार, नवीन माविका सहप्राचार्य गौरी पौडेल लगायत सहभागी थिए ।

केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव सविता पराजुलीले गरेकी थिइन् ।