गण्डकी सेरोफेरो

असिनाले टिम्मुर सखाप !

गुणस्तरीय टिम्मुरको पकेट क्षेत्र मानिएको बेनी नगरपालिका–९, तोरीपानीमा यस वर्ष टिम्मुर उत्पादनमा ९० प्रतिशतले कमी आएको छ । बोटमा पाकेर टिप्ने बेला असोजको तेस्रो साता परेको असिनाले झारिदिएपछि टिम्मुर गाउँमै बीउको समेत अनिकाल परेको भुमेसिद्ध टिम्मुर सञ्जाल तोरीपानीका अध्यक्ष सागर बानियाँले बताए । अध्यक्ष बानियाँका अनुसार तोरीपानीमा २०७२ सालमा ७१ मुरी टिम्मुर फलेको थियो । गत वर्ष ५० मुरीको हाराहारीमा बाहिर निर्यात गरिएको थियो । यस वर्ष बीउसमेत नरहेकाले बाहिरबाट… पुरा पढौ

जिप पल्टिँटा यात्रु भिरमा, २ को शव फेला

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आइतबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अर्का एक मृतकको पहिचान खुलेको छैन । प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा… पुरा पढौ

समाजवादी पार्टीको चुनाव प्रचार समिति गठन

मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ । समाजवादी पार्टीको बिहीवारको विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो । उपनिर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउन समेत विभिन्न उपसमितिहरू समेत गठन… पुरा पढौ

पर्यटन व्यवसाय संकटमा !

सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा २ जनाको समूह बनाएर अध्यागमन विभागलाई… पुरा पढौ

पोखरा-मुग्लिन सडक ४ लेनको बनाउन ऋण स्वीकृत

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक खण्डलाई ४ लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता प्राप्त हुने भएको छ । एशियाली विकास बैंक (एडिबी) ले उक्त रकम ऋणको रुपमा उपलव्ध गराउने भएको हो । बैंकले यो ऋण रकमलाई स्वीकृत समेत गरिसकेको छ । विद्यमान २ लेनको उक्त राजमार्गलाई ४ लेनमा रुपान्तरण गर्न सरकारले रु ५ अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार… पुरा पढौ

तालचोकमा सडक दुर्घटना : लमजुङका गुरुङको मृत्यु, २ घाइते

पोखरामा सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७, तालचोकमा मंगलबार साँझ बा१य ८७५ नं. को स्कारपियो गाडीले ग१२प ८८०० र अर्को ग९प ५४८२ नं को २ वटा स्कूटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ८८०० स्कूटर चालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पोखरा–८… पुरा पढौ

स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते… पुरा पढौ

नेकपाका नेता राजकुमार बिष्ट सहित २५ जना जुवाडे पक्राउ

नेकपा बेसीशहर नगर कमिटि अध्यक्ष राजकुमार बिष्ट सहित २५ जना जुवाको खालबाट पक्राउ परेका छन् । बेसिशहर ११ चितिको स्याउतमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले २ लाख १६ रकम सहित जुवा खालबाट २५ जनालाई पक्राउ गरेको लम्जुङका प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुको नाम दिन भने प्रहरीले आनाकानी गरेको छ।  तिहारको बेला देशभर जुवाको लत लागेकाहरु प्रहरी कार्वाहीमा परेका छन्। देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका… पुरा पढौ

चितुवाले फेरि खायो मान्छे, आधा शरीरको शव फेला

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् । घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो । मजदुरी गर्दै आएका मृतकका बुबा राजु… पुरा पढौ

हिमाल आरोहणमा नेपालीको अर्को विश्व कीर्तिमान

म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । सोमबार चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् । सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ् (८,०२७ मि) हिमाल आरोहण गरेका हुन् । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं