पोखरामा सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२७, तालचोकमा मंगलबार साँझ बा१य ८७५ नं. को स्कारपियो गाडीले ग१२प ८८०० र अर्को ग९प ५४८२ नं को २ वटा स्कूटरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ८८०० स्कूटर चालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका पोखरा–८ का अजित गुरुङ र पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।





