गण्डकी सेरोफेरो

हिमपातले रोकियो कोरला सडकको काम

उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेसंगै शुक्रबार परेको हिमपातपछि कोरला सडकका मजदुर शनिबार देखि घर फर्किएका छन । उत्तर–दक्षिण व्यापारीक मार्ग बिस्तारित आयोजना अन्र्तगतको राष्ट्रिय गौरवको आयोजना जोमसोम–कोरला १ सय १० किलोमिटर निर्माणधिन सडकको काम हिमपातले रोकिएको हो । हिमपातले चिसो बढेपछि काम सडकका सबै कामदार घर फर्किएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । उपल्लो मुस्ताङ खण्डमा शुक्रबार दोश्रो पटक परेको हिमपात भएको हो । हिमपातले मुस्ताङको तापक्रम माईनस १५ डिग्री… पुरा पढौ

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

जोमसोम– अबिरल बर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिका –३ गुईठे भीरमा पहिरो गएको छ । पहिरोले बेनी–जोमसाम ७६ किमी सडक अवरुद्ध भएको आयोजना प्रमुख मुकुन्द्र अधिकारीले जानकारी दिए । गएरातिको अविरल बर्षाले सडक माथिबाट पहिरो गई करिव ३५ मिटर सडकमा ठुला ठुला ढुङ्गा र माटो थुप्रिएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएकोआयोजना प्रमुख अधिकारीले बताए बर्षाले म्याग्दीाको गुईठेमा सडक अवरुद्ध भएपछि शनिबार बिहानै देखि म्याग्दी र मुस्ताङ तर्फ छुटेका लामो दुरीका यातायातका साधनहरु… पुरा पढौ

हिमपातले जनहित विद्यालयको पदाधिकारी चयन प्रभावित

जोमसोम–हिमाली जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा शुक्रबार बिहानै देखि परेको हिमपातले जोमसोम स्थित जनहित माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समिति पुर्नगठन गर्ने कार्यक्रम स्थगित भएको छ । सरकारबाट नमूना विद्यालयमा सुचिकृत उक्त विद्यालयको आगामी ३ वर्षिय कार्यकालको पदाधिकारी चयन कार्यक्रमलाई हिमपातले प्रभावित तुल्याएको हो । हिमपात भएसंगै विद्यालयमा शिक्षा नियमावलीले निर्दैशित अभिभावक नआएपछि समिति पूर्नगठन स्थगित गर्नुपरेको विद्यालयका प्राचार्य रामचन्द्र अधिकारीले जानकारी दिए । शिक्षा नियमावली अनुसार कम्तिमा १ सय २० जनाको… पुरा पढौ

जनताको विश्वासमा कुठराघात हुन दिन्नौँ:प्रहरी प्रमुख घिमिरे

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले महिला ,वालवालिका तथा ज्येष्ठ नागरीक विरुद्धका घटनाहरुमा प्रहरी संगठनले शुन्य सहनसिलताको निति अवलम्बन गरेको बताउदै यस्ता घटनाहरु विरुद्ध निर्धक्क प्रहरीसम्म आउन सबैमा आग्रह गरेका छन् । मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय तनहुँको हाता भित्र निर्माण हुन लागेको व्यारेक ,भान्सा घर र हिरासत कक्षको शिलान्यास कार्यक्रमका अवसरमा नागरीकहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै समाजका विकृति विसंगितीहरुलाई निराकरण… पुरा पढौ

भदौरे पञ्चासे महोत्सवको तयारी

अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पौष ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र बनाईएको हो । भदौरे क्लव र भदौरे आमा समूहको संयुक्त आयोजनामा हुने महोत्सवको आकर्षणमा पुरुष भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, हास्य व्यंग्य प्रस्तुती, कोदोको परिकार, स्थानिय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी रहने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले… पुरा पढौ

मुस्ताङमा हिउँ चितुवा जोगाउने उपाय खोजी

संरक्षित क्षेत्र मुस्ताङको जोमसोममा हिउ चितुवा संरक्षण सम्वन्धि सचेतनामुलक कार्यक्रम भएको छ । हिमालकी रानी भनेर चिनिने ठुलो बिरालो प्रजातीको हिउ चितुवा जोगाउन सके ईको पर्यटनलाई टेवा पुग्ने सरोकारवालाले बताएका छन् । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा एक्याप जोमसोम र प्राकृतिक श्रोत व्यवस्थापन फोनारेमको संयुक्त आयोजनामा बिहिबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले हिउँ चितुवा संरक्षण गर्नुपर्नेमा धारणा राखेका हुन् । मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले हिउँ चितुवाको उपस्थिती तथा त्यसको क्रियाकलापले ईको पर्यटनमा… पुरा पढौ

पोखराका लिम्बुहरूले मनाए उधौली

किराँत याक्थुङ चम्लुङ पोखराको आयोजनामा बिहीबार विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय पर्व उद्योली मनाइएको छ । किरातहरूको राष्ट्रिय चाड उधौली पर्वको अवसर पारेर पोखरामा रहेका लिम्बु समुदायले कार्यक्रम आयोजना गरेका हुन् । उधौंली पर्व लिम्बुहरूले चासोक तङनाम (न्वागी पूजा) नामले मनाउने गर्छन् । सो संस्थाले पोखराको माटेपानी गुम्बा कार्कीडाँडामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित चाड मनाएको हो । पोखरा र यसको वरपर रहेका किरात समुदायका मानिसहरूको बाक्लो उपस्थितिमा विविध कार्यक्रम गरिएको… पुरा पढौ

ठिनी–तिलिचो सडकमा मनाङको चाँसो

समुन्द्री सतह देखि ४ हजार ९ सय १९ मिटर अग्लो उचाईमा रहेको विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तब्य तिलिचो ताल जोड्ने छोटो दुरीको ठिनी – तिलिचो सडक विस्तारप्रति मनाङले अघोषित बिरोध जनाएको छ । मनाङ स्थित ङिस्याङ गाउपालिकाले मुस्ताङ स्थित एक्याप कार्यालय जोमसोमलाई संरक्षित क्षेत्रमा अन्धाधुन्द सडक बिस्तार भईरहेकोमा बिरोध स्वरुप ध्यानआर्कषण गराएको हो । उपल्लो मनाङ स्थित ङिस्याङ गाउपालिकाले गत भाद्र १२ गते एक्याप जोमसोमलाई पत्र मार्फत सडक बिस्तार बारे ध्यानआर्कषण… पुरा पढौ

विश्व शान्तिका लागि त्रिपिटक वाचन हुने

विश्व शान्तिका लागि यस वर्ष पनि (कङ्ग्युर) त्रिपिटक वाचन हुने भएको छ । कार्यक्रम पुस १ गतेदेखि शुरु भइ १० गते समापन हुने पोखरा पल टासी छ्योलिङ गोपाल गुम्बाका प्रमुख लामा गोपाल गुरुङले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्नका लागि आयोजित भेलाले विभिन्न समिति उपसमिति गठन गरेको छ । पोखरा पल टासि छ्योलिङ गोपाल गुुम्बाका प्रमुख लामा गुरु गोपाल गुरुङ्गले समिति, उपसमितिले १० दिनको विश्व शान्तिका लागि त्रिपिटक वाचन ल्होसार… पुरा पढौ

‘उपप्रमुखसंग महिला कार्यक्रम’ प्रभावकारी

महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकारात्मक प्रभाव र महिलालाई उद्यमी बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीले बताए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उपप्रमुखसंग महिला कार्यक्रम नमुना प्रोजेक्टका रुपमा अगाडि बढेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाएर लैजाने पक्षमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं