ताजा समाचार

मंसिर २९ गते २०७६

हिमपातले रोकियो कोरला सडकको काम

उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेसंगै शुक्रबार परेको हिमपातपछि कोरला सडकका मजदुर शनिबार देखि घर फर्किएका छन । उत्तर–दक्षिण व्यापारीक मार्ग बिस्तारित आयोजना अन्र्तगतको राष्ट्रिय गौरवको आयोजना जोमसोम–कोरला १ सय १० किलोमिटर निर्माणधिन सडकको काम हिमपातले रोकिएको हो ।

हिमपातले चिसो बढेपछि काम सडकका सबै कामदार घर फर्किएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । उपल्लो मुस्ताङ खण्डमा शुक्रबार दोश्रो पटक परेको हिमपात भएको हो । हिमपातले मुस्ताङको तापक्रम माईनस १५ डिग्री पुगेको छ भने निर्माणधिन सडकका ठाउ ठाउमा बाक्लो हिउ जमेर बसेकाले सडकको कामलाई बाधा पु¥याएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए । उनका अनुसार जोमसोम–कोरलामा ७ खण्ड छन् ।

सडकको बाकी ६ खण्ड मध्ये ५ वटै खण्डमा काम भईरहेकोमा हिमपातले काम रोक्नु पर्ने अवस्था आएको आयोजना प्रमुख अधिकारीको भनाई छ । उनका अनुसार उपल्लो मुस्ताङमा चिसो र हिमपात पर्ने भएकाले चैत्र वा बैशाख देखि मात्र पुनः काम संञ्चालनमा ल्याईने उल्लेख गरे । गर्मीयाम सुरु भएपछि सडकका कामदार काममा र्फिर्कने आयोजना प्रमुख अधिकारीको भनाई छ ।

करिडोरको जोमसोम कोरला सडकखण्डको सम्झौता अवधि सकिएपछि २ पटक म्याद थप भईसकेको छ । निर्माण कम्पनीको सुस्तताका कारण काममा ढिलाई भएको हो । जोमसो–कोरला सडकको दोश्रो पटक थपिएको समयसिमा आगामी असारमा सकिदै छ । यसअघि छोसेर–कोेरला १६ किमी सडक हस्तान्तरण भईसकेको छ भने चराङ देखि छोसेर खण्ड लामो सयम बितिसक्दा समेत काम भएको छैन । त्यहा ४० प्रतिशत काम भएर बाकी काम अघि बढ्न सकेको छैन ।

कन्टेक कान्छाराम जेभीले जिम्मा लिएको चैले –भेना सडक खण्ड ठेकेदारका कारण ढिला गरी काम सुरु भएको हो । त्यहा ३५ प्रतिशत काम भएको छ ।समर देखि झो खोला सम्म करिव १ मिटर कडा चट्टानी रक कटिङको काम भईरहेकोमा हिमपातले काम रोक्नु परेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । उपल्लो मुस्ताङ जानका लागि सबैभन्दा अप्ठ्यारो र जोखिमयुक्त सडक समर देखि झो खोली भएको अधिकारीले बताए । उनका अनुसार जोमसोम देखि तल र म्याग्दी खण्डमा काम भईरहेको बताए ।

उपल्लो मुस्ताङको घिलिङमा परेको हिउ । तस्विर निमा विवस