गण्डकी सेरोफेरो

घुम्ने होइन त भकुण्डे ?

आउँदो सातादेखि भ्रमण वर्ष शुरु हुँदैछ । बागलुङ घुम्न चाहनेलाई उपयुक्त गन्तव्यस्थल हो, भकुण्डे । तपाईं पनि योजना बनाइहाल्नुस् । भकुण्डे नपुगे बागलुङ घुमघाम अपुरो हुन सक्छ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो । यसको चिनारीमा घरवाससमेत थपिएको छ । बागलुङ नगरपालिका–१० स्थित सो गाउँ अहिले पर्यटकको रोजाइमा छ । गएको कात्तिकमा विश्व भेगन समूहमा आबद्ध युरोप र अमेरिकाका पर्यटकले भकुण्डेलाई रोजे, घरवासमा रात बिताए । त्यसयता चिनियाँ पर्यटकले… पुरा पढौ

माटोको ढिस्कोमा दर्जन मजदुर पुरिए, एक्साभेटर लगाएर उद्धार जारी

लमजुङ, सुन्दरबजार नगरपालिकामा रिटेनिङ वालको काम गर्ने सिलसिलामा माटोको ढिस्कोमा दर्जन बढी मजदूर पुरिएका छन् । उक्त घटनामा एक जनाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिकामा वडा नम्बर ६ स्थित नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको  रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएकाे विष्णुकमार श्रेष्ठले जनाए । प्रहरी तथा स्थानियहरूकाे ठ्रलाे संख्याले जेसिभी लगाएर हालसम्म ६ जना घाइते कामदारको उद्दार गरिसकेकाे छ भने बाकी ६ जनाको उद्दार जारी छ ।  उद्दार हुनेमा लालबहादुर… पुरा पढौ

ह्याङ्जाकोटमा पुसे पन्ध्रम तथा ल्होसार मेला

कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुने भएको छ । जय बराह युवा क्लबको आयोजनामा पुस २० गतेदेखि २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा मेला हुन लागेको हो । गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा बर्षेनी गरिदै आएको मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको क्लबका सल्लाहकार अनिल गुरुङले बताए । मेला २०४६ देखि गरिदै आएको उनको भनाई छ । ‘गाँउको चिनारीको लागि हाम्रो सक्रियता’… पुरा पढौ

शिक्षक नै नेता बनेपछि….

पोखरा–गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षकनै नेता बनेपछि अपेक्षा गरेअनुसारको शैक्षिक उपलब्धी हासिल हुन नसकेको बताइएकी छिन्। पोखराको सुन्दर नगरी लेकसाईड स्थित होटल बाराहीमा मंगलबार आयोजित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको मध्यावधि मूल्याङ्कन प्रतिवेदन २०१८ अन्तर्गत प्रदेश स्तरीय प्रबोधीकरण समिक्षा कार्यक्रममा बोल्दै मन्त्री पुनले शिक्षकहरुले राजनिति गर्न नहुने उल्लेख गरिन्। मन्त्री पुनले शिक्षकहरु मुलुकलाई समृद्ध बनाउने जनशक्ति निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै पछिल्लो समय शिक्षकहरु नेता बन्ने परिपाटीको… पुरा पढौ

हिउँ पन्छ््याएर मुक्तिनाथ सडक सहज पारियो

एकसाता अघि परेको भारी हिमपातका कारण असहज बनेको मुक्तिनाथ कालोपत्रे सडक मंगलबार देखि सहज पारिएको छ । वारागुङ मुक्तिक्षेत्र–१ का स्थानीय जनप्रतिनिधि र कर्मचारी मिलेर सडक माथिको हिउ पन्छ््याई मुक्तिनाथ जाने सडक सहज बनाईएको हो । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको पर्यटन सूचनाकेन्द्रका कर्मचारी ,झारकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ,वडा प्रतिनिधि तथा कर्मचारी र स्थानीयले सडक माथिको बाक्लो हिउ पन्छ््याईएको झारकोट स्वास्थ्य चौकीका अहेब तारानाथ अधिकारीले जानकारी दिए । हिउँ पन्छ््याउन घरेलु… पुरा पढौ

केरा र सुन्तला खेती गर्दै विद्यार्थी

अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र÷छात्रा खेलेर होइन, व्यवहारिक सीप सिक्न व्यस्त छन् । विद्यालयले १ वर्षदेखि विद्यार्थीको फुर्सदको समयलाई व्यवहारिक अभ्यासमा परिचालन गराएको छ । उनीहरू कक्षामा शिक्षक अनुपस्थित हुँदा र खाजा खाने समयलाई सदुपयोग गर्दै विद्यालय वरपर केरा र सुन्तला… पुरा पढौ

कैदीबन्दी हिंडेरै अस्पताल जान बाध्य

कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि कैदीबन्दीको उपचारमा समस्या भएको हो । स्वास्थ्य दरबन्दी रिक्त हुँदा सामान्य बिरामीलाई पनि दमौली अस्पतालमा लैजानुपर्ने अवस्था रहेको छ । कारागारका सूचना अधिकारी अधिकारीले भने, ‘कार्यालयमा गाडीको सुविधा नहुँदा कैदीबन्दीलाई हिँडाएर हत्कडी लगाएर सुरक्षाकर्मीको साथमा पठाउनुपरेको छ ।’ क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी रहेकाले (प्यासेज) गल्ली–गल्लीमा… पुरा पढौ

कृषकको माग : अलैंचीको मूल्य प्रतिकेजी १ हजार हुनुपर्छ

अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरूले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित २ हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् । गत वर्षभदा यस वर्ष रु ४ करोड ६ लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७ सय ५० क्विन्टल बिक्रीबाट कृषहरूले रु ४ करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका कृषकले… पुरा पढौ

बहस : ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् । जिल्लामा लगानीका सम्भावना औंल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । बहसमा नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रूपमा भाग लिने सङ्घका महासचिव नरेश… पुरा पढौ

पिसजोनका विद्यार्थीद्धारा वृद्धाश्रमको अवलोकन

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीहरूले वृद्धाश्रम अवलोकनका साथै आश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन खुवाएका छन् । सामाजिक सप्ताहा अन्तर्गत कक्षा ८,९ र १० का विद्यार्थीहरूले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई एक छाक खाना र फलफुल खुवाएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिएका छन् । वृद्धाश्रममा पुगेपछि विद्यार्थीहरुले त्यहाँ वृद्धवृद्धाहरूका अनुभव, अनुभूति,पृष्ठभूमि र वृद्धाश्रम आउनुको कारणबारे जिज्ञासा एवम् छलफल गरेका थिए । विद्यालयका संस्थापक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं